ललितपुर । विसं.२०३६ साल मात्र नभइकन विसं.२०४६ साल तथा विसं.२०६२–०६३ का ऐतिहासिक जनआन्दोलनका योद्धा अनि धरोहर विकासमान श्रेष्ठको राजनीतिक यात्राले गत्ति निरन्तरता पाइरहेको छ।

तत्कालिन माले तथा यतिखेर गौरबशाली सूर्य ध्वंजावाहक पार्टी नेकपा एमाले ललितपुर महानगरपालिका वडा नंबर ५ को इञ्जार्चको रुपमा मात्र नभइकन जनताका लोकप्रिय एवम् जनप्रिय वडा अध्यक्षका रुपमा चिनिएका छन्।

ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ समक्ष जुनसुकै समस्या वोकेर जाने वडावासीले सही समाधान पाउने गरेको छ।

सकभर कसैलाई निराश वनाउन नजानेका विकासमान श्रेष्ठले सवै वडावासीको समस्यालाई समाधान गर्न कुनै कसर वाँकी राख्ने गरेका छ्रैनन्। जसको कारण वडामा अपोजिसन पार्टी नेपाली कांग्रेसका नेताहरुले पनि दिल खोलेर तारिफ गर्ने गरेको पाइएको छ।

वडा अध्यक्षको कुर्सीमा बसेको लगभग चार बर्ष पूरा भैसकेको अवस्थामा आफूले पार्टीगत रुपमा कसैलाई नहेरको र सवैलाई सम्मानजनक ढंगले सेवा दिने गरेको दावी विकासमान श्रेष्ठको रहेको छ। यसकारण पनि अपोजिसन पार्टीका नेताहरुका पनि प्रिय वडा अध्यक्षका रुपमा विकासमान श्रेष्ठ देखिएका छन्।

प्रत्येक जनयुद्ध केवल नेपाली जनताको नाममा लडे्को कारण पार्टीभन्दा माथि उठेर जनताको सेवामा लाग्दै निष्ठाको राजनीति गर्दैआएको सगौरब बताउने विकासमानका सहयोद्धा उमेरले दुई बर्ष जेठा भएतापनि अत्यन्त प्रिय साथी एवम् वडा सदस्य अशोक कुमार श्रेष्ठ पनि लामो सहकार्यवाट आफू कहिले पनि नथाकेको वताउंछन्।

आगामी निर्वाचनमा पनि विकासमानलाई ललितपुर महानगरपालिका वडा नंबर ५ को वडा अध्यक्षमा देख्न चाहेका अशोक कुमार आफूहरुको वर्तमान टीम नै एकपल्ट दोहोरिएर वडावासीको सेवा गर्ने रहर भएको सुनाउंछन्।

पाँच बर्षमा जति वडावासीका लागि गर्नुपर्ने चुनावी घोषणा अनुरुपका प्राय काम पूरा गरिसकेको भएतापनि अझ त्यो भन्दा बढी काम गर्न आफूहरुले चाहेको विकासमान र अशोक कुमार दुवैले वताएका छन्।

वडाका प्राय सवै काम तथा निर्णय विकासमान र अशोक कुमार दुईजनाले मात्र नगरिकन महिला वडा सदस्य शोभादेवी प्रधान श्रेष्ठ, मञ्जु रिजाल र पूनम निरौलासंग घनिभूत सल्लाह गरेर मात्र गर्ने गरेको दुवैले वताएका छन्।

प्राय कतिपय महानगर तथा नगरपालिका एवम् गाउंपालिकाहरुमा वडा सदस्यहरु काम विहिन हुने गरेको पाइएतापनि ललितपुर महानगरपालिका वडा नंबर ५ का सवै वडा सदस्यहरुलाई हरेक दिन जसो कामको चटारो हुने गरेको छ। निर्वाचित भएर आएदेखि आफूहरु कहिलेपनि खाली हात बस्नु नपरेको वडा सदस्य पूनम निरौलाले वताएकी छन्।

यो हुनुको एउटै मूलमन्त्र तथा रहस्य टीम वर्क र वडा अध्यक्ष विकासमान श्रेष्ठको कार्यकुशलता हो। सवैलाई बरोबर काम, कर्तव्य र अधिकार दिएर काम गर्न सक्ने विकासमानको बेग्लै खुबी भएको कारण वडा सदस्यहरु काम विहिन हुनु परेको छैन्। टीमवर्क राम्रो भएको कारण वडामा सन्तुलित विकास भएको सवैले महशुश गर्ने गरेको छ।
प्रकाशन मिति–२०७८ साल कात्तिक ८ गते सोमवार ।