काठमाडौं। नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाले नयाँ वर्ष २०७८ तथा ऐतिहासिक विस्केट जात्राको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ। भक्तपुरको गठ्ठाघरमा आइतवार आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको हो।

मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदन सुन्दर श्रेष्ठको विशेष आतिथ्यतामा संपन्न शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवन श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो।

नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको अध्यक्ष दीपक बज्राचार्यको सभापतित्वमा संपन्न उक्त कार्यक्रममा अन्य अतिथिहरुमा नृत्य निर्देशक संघ नेपालका वरिस्ठ उपाध्यक्ष प्रदिप मान श्रेष्ठ ,केन्द्रीय महासचिव नृप ध्वज खत्री ,केन्द्रीय सह(कोषाध्यक्ष केशव कोईरालाको उपस्थिति रहेको थियो।

त्यस्तै गरी नृत्य निर्देशक संघ नेपाल ललितपुर जिल्ला शाखाबाट सचिव मिनर्वा शर्मा ,सह –सचिव सुरेन्द्र देसार, काठमाडौं जिल्ला शाखाका सचिव देवराज गुरुङको उपस्थिति रहेको थियोे।  नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाका सह–सचिव तथा कार्यक्रम संयोजक मेरिका राईले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन्। उक्त कार्यक्रमका अतिथिहरुले नयाँ वर्ष तथा बिस्केट जात्राको अवसरमा शुभकामना दिँदै सम्मानितलाई बधाई दिएका थिए।

प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले Asia’s Youngest Entrepreneur Award For The Year 2020/2021 मा पुरस्कृत हुन सफल नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाकी कार्यसमिति सदस्य रञ्जना सितिखु र सूचना तथा संचार प्रविधि मन्त्रालयको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य पदमा मनोनित भएका नृत्य निर्देशक संघ नेपालका केन्द्रीय प्रवक्ता तथा नमस्ते ख्वप टिभीका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठलाई सम्मान प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्वारा नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखा बाट प्रकाशित क्यालेन्डर विमोचन गरेका थिए । कार्यक्रम सञ्चालन नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाका सचिव चुडामणि फुयाँलले गरेका थिए।


प्रकाशन मिति–२०७७ साल चैत्र २९ गते आइतवार ।