लण्डन । विश्वभर एक पछि अर्को देशमा रिलिज हुदैआएको नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ ओटीटी प्लेटफर्मवाट रिलिज भएको छ। सहज रुपमा सवैले मज्जाले हेर्न पाइने ओटीटी प्लेटफर्म अमेजनमा नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ रिलिज भएको हो।

दर्शकले अमेजनको बेलायती संस्करणमा पैसा तिरेर फिल्म हेर्न पाउने जानकारी यस चलचित्रका स्वभाविक अभिनयका माहिर अभिनेता विक्रम दि जोशीले दिएका छन्। अभिनेता जोशीका अनुसार, विश्वव्यापी इन्टरनेशनल दर्शकमाझ पुर्‍याउन नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ लाई ओटीटीमा रिलिज गरिएको हो।

यो फिल्मले इन्टरनेशनल फेस्टिभलहरुमा अवार्ड जितेर कीर्तिमानी कायम गरिसकेको छ । अमेजनमा दर्शकले यो नेपाली फिल्म ‘हेल्लो जिन्दगी’लाई अंग्रेजी शब टाईटलमा हेर्न पाउनेछन् । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्ममा विक्रम जोशी, दीपिका प्रसाईं, प्रियंका कार्कीलगायतको अभिनय छ।

प्रकाशन मिति–२०७९ साल फागुन २१ गते आइतवार ।