रोचक यथार्थ–

–निशान बुढाथोकी
काठमाडौं। सामान्यतया कोठी भनेको मानिसको शरीरमा या भनौं छालामा आउने काला वा राता रंगका दानालाई कोठी भनिन्छ । हुन त कोठी कतिपय अवस्थामा आफै आउँछ र आफै हराउँछ पनि । यसलाई अंग्रेजीमा मोल भनिन्छ ।

कोठीले कतिपय मानिसलाई सुन्दर पनि बनाउँछ भने कतिपय अवस्थामा अपठ्यारो पनि पार्छ । हुन त कोठीले मानिसको भाग्य निर्धारण गर्ने त होइन । कर्म गर्नुपर्छ फल आफै मिल्छ । तर यसको बैज्ञानिक कारण भने केही पनि छैन । तर पनि जन्मजात निस्केको कोठीले केही मात्रामा फल भने अवश्य दिन्छ ।

आज भोलि सुन्दर देखिन पनि मानिसहरुले नक्कली कोठी राख्ने गर्दछन् । त्यस्ता खालका कोठीले खासै फल चाँही दिदैन । ज्योतिषि टेकराज ढुङ्गेल शास्त्रीका अनुसार केटा मान्छेको दाहिने र केटी मान्छेको देब्रे साइडमा आएको कोठी शुभ हुन्छ। यदि रातो कोठी शरीरको नदेखिने भागमा आएको छ भने त्यसले शुभ फल दिन्छ । यदि त्यही रातो कोठी शरीरको देखिने भागमा आएको छ भने त्यसले अशुभ फल दिन्छ भन्छन् ज्योतिषहरु।

केटी मान्छेको देब्रे पैतालामा र आँखी भौमा कोठी आएको छ भने अत्याधिक हिड्नु पर्छ ! त्यसै गरी केटा मान्छेको दाहिने पैतालामा कोठी आएको छ भने धेरै हिड्नुपर्ने हुन्छ । कोठीकै कुरा गर्दा देब्रे हत्केलामा कोठी आएको छ भने ती छोरी मान्छेलाई जीवनमा कहिले पनि धनको अभाव नहुने र वचत गर्ने बानी हुन्छ ।

आँखाको नानी भित्र कोठी आएको छ भने यस्ता मानिसहरुको विचार उच्च रहन्छ । आँखामा कोठी छ भने यस्ता मान्छेले असल जिवन साथी पाउँछन्। नाकमा कोठी छ भने यस्ता मान्छे छिट्टै रिसाउने स्वभावका हुन्छन् । ओठको माथिल्लो भागमा कोठी आएको छ भने यस्ता मानिसहरु निकै रोमान्टिक स्वभावका हुन्छन् ।

गालामा कोठी छ भने यस्ता मान्छेहरु शुभ मानिन्छन् । घाँटीमा कोठी छ भने यस्ता मानिसहरुको विवाह पछि राम्रो हुँदै जान्छ । पाखुरामा कोठी छ भने यस्ता मानिसहरु बुद्धिमान हुन्छन् । औलामा कोठी भएका मानिसहरु राम्रो व्यवहार र न्यायप्रेमी हुन्छन्। छातीमा कोठी हुनुलाई शुभ मानिन्छ ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन ९ गते शनिवार ।