काठमाडौं। ओमनका सुल्तान काबुसको निधन भएको छ। केही समयदेखि अस्वस्थ रहेका सुल्तानको उपचारका क्रममा निधन भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

स्वास्थ्यमा समस्या आएपछि गत महिना उपचाका लािग बेल्जियम लगिएको थियो। ७९ वर्षिय सुल्तानको सन् २०१५ मा जर्मनीमा उपचार गरिएपछि क्यान्सर रोगबाट पीडित भएको समाचार सार्वजनिक भएको थियो।

सन् १९७० मा बेलायतको सहयोगमा सुल्तानले आफ्ना बाबुलाई सत्ताच्यूत गराएका थिए। तेल बिक्री गरेर उनले ओमनलाई आर्थिक रुपमा सम्पन्न गराएको भनिन्छ। अविवाहित भएकाले सुल्तान काबुसले आफ्ना उत्तराधिकारी नियुक्ति नगरेको समाचारमा जनाइएको छ।

सुल्तानको आधारभूत विधान अनुसार सिंहासन खाली भएको तीन दिनभित्र शाही परिवारका पुरुष सदस्यहरुबट नयाँ नेतृत्व चयन गर्नुपर्छ। पाँच दशक भन्दा लामो समय शासन गरेका सुल्तान काबुसले सुधारवादी नेताको छवी बनाएको समाचारमा जनाइएको छ। ओमनमा कुल जनसंख्याको ४३ प्रतिशत विदेशी रहेको बताइएको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल पुस २६ गते शनिवार ।