Om Bikram Bista 1काठमाडौ। लामो समय पश्चात नेपाली पपसंगीतका पपसम्राट नै मानिएका गायक ओमविक्रम विष्टको गीति–एल्बम नआएको धेरै समय भएको छ। अव त्यो रिक्ततालाई दूर गर्नको लागि गायक विष्टले चाँडै नै मनको कुरा नामक गीति–एल्बम मात्र होइन, यसको भिडियो एल्वम नै निकाल्ने अन्तिम तयारी गरिरहेका छन्।

Omk Bikram with Raju Hamal

ओमविक्रमका हिट गीतका रिमेक र रिमिक्स एल्वमका रुपमा आउने एल्बम मनको कुराको टाइटल गीतको म्युजिक भिडियो हालै थाइल्याण्डको बैंकक स्थित फुकेट, पतैया लगायतका रमणिय स्थानमा छायाँकन गरिएको छ। पुराना तर, हट मोडलका रुपमा हाल चर्चा पाएका राजु हमालका साथमा मोडल पेमिला क्षेत्रीको मनको कुरा गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ।

Raju Hamal 1

ओमविक्रम विष्ट जस्तो नेपाली पपसम्राटको गीतमा अभिनय गर्न पाउनुको गौरबता बेग्लै रहेको बताउंने रंगकर्मी हमाल आफ्नो अभिनयको टर्निङ्ग प्वाइन्ट नै हो भनेर प्रतिक्रिया व्यक्त गरेका छन्।

गायक विष्ट पनि अभिनेता हमालमा देखिएको परिपक्व अभिनय शैलीवाट आफू अत्यन्त प्रभावित बनेको बताउंदै मनको कुराको म्युजिक भिडियो सोचेभन्दा राम्रो बनेको भन्छन्।

Raju Hamal 8

गायक विष्टको उक्त गीतको गीतकार प्रमोद ढुंगाना रहेका छन्। संगीत भने गायक विष्ट स्वयमको रहेको छ। रवि सायमीको छायाँकन तथा निर्देशन रहेको गायक विष्टको यस भिडियोलाई रिभेल प्राइभेट लिमिटेडले चांडै युट्युब मार्फत रिलिज गर्ने जानकारी रिभेलका सीइओ राजेश हमालले भनेका छन्।
प्रकाशन मिति–२०७३ साल असार ७ गते मंगलबार ।