काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग दुईपक्षीय सम्बन्धका सबै विषयमा खुलस्त र सकारात्मक छलफल भएको बनेका छन्। प्रधानमन्त्री ओली भारतको तीनदिने राजकीय भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्किएका छन्।

भ्रमणकाक्रममा कुनै बनावटी कुरा नभएको भन्दै प्रधानमन्त्री ओलीले आफू लोकतान्त्रिक प्रक्रियाबाट आएको अभिमत बोकेर भारत गएको र त्यसलाई भारतले पनि स्वागत गरेको उल्लेख त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत शुक्रबार भारत भ्रमणमा गएका थिए । भ्रमणकाक्रममा दुईपक्षीय हितमा केही महत्वपूर्ण सहमति भएका छन्।

विशेषगरी नेपाल र भारतबीच जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा केही महत्वपूर्ण सहमति भएका छन् । भारत भ्रमण रहँदा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग ‘वान टु वान’ तथा सामूहिक छलफल गरेका थिए।

त्यस्तै, भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकैया नायडूसँग शिष्टाचार भेटवार्ता गरेका थिए।भारतका मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेतालगायतले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए।
प्रकाशन मिति–२०७४ साल चैत्र २६ गते सोमवार ।