KP OIi in Bhintuna

काठमाडौ। नेपाल संवत ११३६ नयाँ बर्षको अवसरमा नेकपा एमाले काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा शनिवार संपन्न भएको छ। चियापान कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्का भाषण तथा महत्वपूर्ण कुराको संवोधन गर्ला भनेर अपेक्षा गर्ने संचारकर्मी लगायत राजनीतिक बुज्रुकहरु पनि तीन छक्क परे।

कार्यक्रममा ओलीले कुनैपनि प्रकारका चर्का बोली नबोलिकन आयोजकलाई धन्यवाद दिएर अव चियापानतिर लागौ भनेर चिया खानतिर लागेका थिए। माइक पाएपछि उखान टुक्का जोडेर चर्का भाषण ठोक्ने ओलीको बोली आज मौन भएकोमा सवै चकित बनेका थिए।

Indian-Car

आजै शनिवार काठमाडौको लाजिम्पाटमा भारतीय दूतावासको गाडीमा आगजनी भएको छ। २२ सीडी १७ नंबरको गाडीमा आगजनी गरेको विप्लव माओवादीले जिकिर गरेको छ। यसप्रति विप्लव माओवादीले जिम्मेवारी लिएतापनि नेपाल प्रहरीले भने गाडीमा तार सट भएर आगो बलेको जनाएको छ।

केहीबेरमा नै आगो नियन्त्रणमा लिएकोले गाडीमा खासै क्षति नभएको प्रहरीले भनेको छ। विप्लव नेतृत्वको माओवादीले भारतीय नाकाबन्दी विरुद्धको आइतबारको नेपाल बन्द सफल पार्न त्यसो गरिएको दावी गरेको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर १२ गते शनिवार ।