काठमाडौ। नेपालका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग नेकपा एमालेको सम्बन्ध सुधार भएको देख्न नचाहनेहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विरोध गरेको आरोप लगाएका छन्।

नेकपा एमाले भ्रातृसंगठन युवा संघको २८औं स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले ‘एमाले भारतविरुद्ध उफ्रिरहोस्, त्यसको फाइदा आफूले लिइरहन पाऊँ भन्नेहरुलाई मोदीको भ्रमण टाउको दुखाइ बनेको’ जिकिर गरे।

प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतको ‘मति बिग्रिएको’ भन्दै ओलीले प्रदेश नम्बर–२ का ‘मुख्यमन्त्रीले बोलेका कुरा नेपाल सरकारको नीति होइन’–भनेका छन्।
प्रकाशन मिति–२०७५ साल जेठ १ गते मंगलवार ।