पोखरा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले गजबको नयाँ कुराको खुलासा गरेका छन्। कांग्रेस सभापति देउवाले कास्की २ को चुनावी सभामा शनिवार पोखरामा कसेरै प्रधानमन्त्री केपी शर्मा ओलीसंग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको दावी सहित गजबको नयाँ कुराको खुलासा गरेका हुन्।

भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसको व्यापक विरोध भैरहेको छ। नेपाल सरकारले भारतको एकपक्षीय नक्सा अस्वीकार्य भएको जनाइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सार्वजनिक मञ्चबाटै कालापानीबाट सेना हटाउन भारतलाई आग्रह गरेका छन् ।

यही साता सरकारले भारतलाई कूटनीतिक नोटसमेत पठाइसकेको छ। यस्तो अवस्थामा कांग्रेसी नेता देउवाले कास्की २ को चुनावी माहोललाई कांग्रेसको पक्षमा ल्याउने नाममा गरेको यो गजबको खुलासाले नेपाली जनता तीन छक्क–अठार दंगमा परेका छन्।

पोखरामा चुनावसभामा संवोधन गर्ने क्रममा देउवाले महाकाली सन्धी गर्दा आफूले कालापानीलाई सीमा बनाएपनि सरकारले नेपाली भूभागको रक्षा गर्न नसकेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले कालापानी र लिपुलेक भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गरेको जिकिर पनि देउवाको रहेको छ।
प्रकाशन मिति–२०७६ साल मंसीर ७ गते शनिवार ।