KP Oli cycling

काठमाडौ। भारतले अघोषित रुपमा नेपालमा गरिरहेको नाकाबन्दी बिहीवारबाट १ सय दिन पुगेको छ। नाकाबन्दीको सय दिन पुग्दा पनि केपी शर्मा ओली सरकारले नेपाली जनतालाई चर्को इन्धनको अभावमा कुनै राहत दिन नसकेको अवस्थामा सरकारकै एक मन्त्री भने, शीर्ष नेताहरुलाई साइकल बांड्नमा व्यस्त बनेको देखियो।

Prachanda Cycling

सरकारका जनसंख्या तथा बाताबरण मन्त्री विश्वेन्द्र पासवानले लोकप्रियता कमाउने नाममा महंगो सरकारी खर्चमा खरिद गरिएका साइकलहरु शिर्ष नेताहरुलाई बांडेर उनीहरुलाई खुशी पार्ने काममा लागेका छन्। भारतको नाकाबन्दीको कारण नेपालमा पेट्रोलियम पद्धार्थको व्यापक अभाव भएको बेलामा पेट्रोल नचाहिने साइकल चलाउन सर्वसाधरणलाई सामाजिक सन्देश दिन मन्त्री पासवानले उक्त आइडिया लगाएको बुझिएको छ।

Sushil Koirala cycling

सामाजिक सन्देश दिने नाममा उमेर घर्कीसकेका शिर्ष नेताहरुलाई साइकल उपहार दिएर चाकडी बजाउने कार्य मात्र मन्त्री पासवानले गरेको आलोचना सर्वत्र आइरहेको छ। मन्त्री पासवानले प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका बयोबृद्ध सभापति सुशील कोइरालालाई समेत जबरजस्त साइकल चलाउन लगाएर व्यापक प्रचार प्रसार गर्ने कार्य गरेका छन्।

यसो गरेर लाखौ लाख खर्च गरेर सरकारी ढुकुटी खतम पार्नुको सट्टा नेपाली जनताको घरको चुल्हो बाल्ने कार्यमा सरकारको सहयोग भएको भए, अवश्य पनि राम्रो हुनेथियो भन्ने भनाई प्राय सवैको रहेको छ।

प्रकाशन मिति–२०७२ साल पुष १६ गते विहीवार ।