काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीच कुराकानी भएको छ। ओली र मोदीवीच मंगलवार भिडियो कन्फरेन्सको माध्यमवाट कुराकानी भएको हो।

कुराकानीमा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दुई देशबीच थाँती रहेका मुद्दा पनि सुल्झाउने बेला आएको भनेका छन्। विराटनगरमा निर्माण सकिएको एकिकृत चेकपोस्ट र गोरखा र नुवाकोटमा बनेका ५० हजार घर हस्तान्तरण गर्न मंगलबार बिहान प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भिडिओ कन्फेरेन्स भएको हो।

प्रधानमन्त्री ओलीले मित्रताका आधारमा काम गर्यौ भने दुई पक्षीय सम्बन्ध थप उचाइमा लैजान सकिने बताएका थिए। प्रधानमन्त्री ओलीले दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाउने बेला आएको पनि समकक्षी मोदीलाई सम्झाएका थिए। प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो पनि दिएका छन्।
प्रकाशन मिति–२०७६ साल माघ ७ गते मंगलवार ।