काठमाडौं। यो वर्षको एकेडेमी अवार्ड्स (ओस्कर)मा कोरियन फिल्म ‘प्यारासाइट’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ। अमेरिकाको लस एन्जलसस्थित डोब्ली थिएटरमा आयोजित ओस्कारको ९२ ‌औं संस्करणमा कोरियन फिल्म ‘प्यारासाइट’ले ‘बेस्ट पिक्चर’को अवार्ड जितेको हो।

‘प्यारासाइट’का निर्देशक बोङ जोन होले ‘बेस्ट डिरेक्टर’को अवार्ड पाएका छन् भने अरिजिनल स्क्रिन प्लेको अवार्ड पनि ‘प्यारासाइट’ले नै हात पारेको छ। अभिनेता जोक्विन फिनिक्सले फिल्म ‘जोकर’बाट ‘बेस्ट एक्टर’को अवार्ड जितेका छन् भने ‘जुडी’बाट रेनी जेलवेगर ‘बेस्ट एक्ट्रेस’ बनेकी छिन्।

त्यस्तै हलिउड अभिनेता ब्राड पिटले ‘बेस्ट सपोर्टिङ एक्टर’ र लाउरा डेनले ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’को अवार्ड जितेका छन्।
प्रकाशन मिति–२०७६ साल माघ २८ गते मंगलवार ।