Priyanka_chopra 1काठमाडौ। यही फरवरी महिनाको २८ तारिखमा अमेरिकाको लसएन्जल्समा हुन गैरहेको ८८ औ ओस्कार अवार्ड समारोहमा भारतीय अभिनेत्री प्रियंका चोपडा कार्यक्रम संचालिका बन्ने पक्का भएको छ।

कार्यक्रम संचालिकाको हैसियतले ओस्कार अवार्ड विजेतालाई अभिनेत्री चोपडाले अवार्ड समेत दिने भएकी छन्। भारतीय चलचित्रको इतिहासमा ओस्कार अवार्डमा गएर कार्यक्रम संचालिका बन्ने भारतीय अभिनेत्रीमा चोपडा पहिलो बन्ने भएकी छन्।

ओस्कार अवार्डको आधिकारिक अफिसियल वेबसाइटमा १३ जना कार्यक्रम संचालकमध्ये प्रियंका चोपडाको नाम दोश्रो नंबरमा प्रकाशित गरिएको छ।

Priyanka Choparaप्रकाशन मिति–२०७२ साल माघ २१ गते विहीवार ।