काठमाडौ्र। कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनि त्यस हत्यारालाई सरकारले अझैसम्म पत्ता लगाउन सकेको छैन्। यस विषयमा देशभर हत्याराको खुलासा गर्न पटक–पटक माग भएतापनि सरकार हत्याराको नजिक पुगिसकेको अवस्थामा भन्दै पन्छिरहेको बर्तमान अवस्था रहेको छ।

यसै विषयमा नेपाली कथानक चलचित्र ‘कोपिला’ निर्माण भएको छ। जसको फिल्मी ट्रेलर सार्वजनिक भएको छ। ओएसआर डिजिटलले आफनो अफिसियल युटयुब च्यानल मार्फत चलचित्रको ट्रेलर सार्वजनिक भएको हो। सामाजिक कथा वस्तु बोकेको चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाइएको छ।

कोपिलाको बलात्कारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थिति ट्रेलरमा देखाइएको छ। ट्रेलरमा पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक पार्टीले विभिन्न बहानामा कोपिलाको लासमाथि गरेको राजनीतिलाई देखाइएको छ। शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुख्य भूमिका निर्वाह गरेका छन्।

गणेश गिरीको प्रस्तुति रहेको कोपिलालाई रेडियो थाहा सञ्चार हेटौडाका स्टेशन प्रमुख तथा सशक्त संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन्। यस चलचित्रको कार्यकारी निर्मातामा सुबास काफ्ले रहेका छन्। चलचित्रमा समिर मिया, रामेश्वर कार्यकारी सह–निर्माताको रूपमा रहेका छन्।

चलचित्रमा सरिता, गणेश, सन्जीवनीसंगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्रीलगायतको अभिनय रहेको छ। चलचित्रमा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ।

८० लाखको लगानीमा निर्माण भएको यो चलचित्रको सेन्सरसमेत पास भइसकेको छ। बलात्कारपछि हत्या भएकी कन्चलपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको कथासँग चलचित्रको कथा रहेकाले निर्मलाको परिवारसंग लिखित अनुमति लिएर चलचित्र बनाइएको सञ्चारकर्मी मणिराज गौतमको भनाइ छ।

https://www.youtube.com/watch?v=UZgl3cMU3RA&feature=emb_logo

प्रकाशन मिति—२०७६ साल पुस ६ गते आइतवार।