काठमाडौ। कडा सुरक्षा–सतर्कताकासाथ भारतीय राष्ट्रपति प्रणव मुखर्जी भारतको नयाँदिल्लीवाट बुधवार मध्यान्ह १२:३० बजे काठमाडौ आइपुगेका छन्। भारतीय राष्ट्रपतिलाई काठमाडौमा भव्य स्वागत गरिएको छ।

indian-presedent-pranab-mukharjees-nepal-visit

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफै पुगेर भारतीय राष्ट्रपति मुखर्जीको स्वागत गर्ने कार्य गरेका छन्। राष्ट्रपति भण्डारीको साथमा उपराष्ट्रपति नन्दवहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीलगायत सरकारी उच्चअधिकारीहरुले पनि भारतीय राष्ट्रपतिलाई स्वागत गरेका छन्।त्यसक्रममा नेपाली सेनाको सम्मानगारथ अर्पण गरेको थियो।

indian-presedent-pranab-mukharjees-nepal-visit-1

मुखर्जी चढेको विमान विमानस्थलमा अवतरण गर्नेक्रममा करिब ४५ मिनेटसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अरु सबै उडान स्थगित गरिएको थियो। बाहिरबाट आएका विमानलाई पनि अवतरणमा रोक लगाइएको थियो। मुखर्जीलाई विशेष सुरक्षाका साथ विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवाससम्म पुर्‍याइएको थियो।
प्रकाशन मिति–२०७३ साल कात्तिक १७ गते बुधवार । नेपाल संवत ११३७ कछला तृतिया ।