Qatar.1

काठमाडौ। खाडी मुलुकको आन्तरिक राजनीतिमा नेपाल मुछिन नहुने भन्दै कुनै पनि औपचारिक धारणा तत्काल बाहिर ल्याउन नहुने सुझाव त्यहाँस्थित नेपाली दूतावासहरुले परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई दिएका छन्।

यो सुन्नी मुस्लिम बाहुल्य खाडी मुलुकहरुको नितान्त आन्तरिक मामिला हो। अहिले हाम्रा नागरिकलाई कुनै भौतिक असुविधा तथा असुरक्षा छैन भनेर खाडीस्थित नेपाली दूतावासहरुले परराष्ट्रलाई दिएको कान्तिपुर दैनिकको खवरमा उल्लेख रहेको छ।

गल्फ को–अपरेसन काउन्सिल (जीसीसी) बीच यस्ता समस्या यसअघि पनि आएको र समाधान भएको उदाहरण छन्। त्यसैले हतारिन नहुने गल्फ स्थित नेपाली राजदूतावासहरुले भनेको छ। समस्या समाधान गर्न खाडी मुलुकबीच आन्तरिक रुपमा पहल भइरहेको पनि परराष्ट्रलाई जानकारी दिइएको छ।

जीसीसीको आन्तरिक समस्याले तत्काल विदेशी नागरिकलाई त्यहाँ कुनै असर गर्दैन । खाद्यान्न संकट हुने जस्ता विषयमा सत्यता छैन । यो समस्या लम्बिने अवस्था देखिएको छैन ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २७ गते शनिवार ।