काठमाडौं। कतारको दोहा शहर स्थित रिजेन्सी हलमा स्टार इन्टरनेशनल अवार्ड भएको छ। स्टार किङ्ग कतारको आयोजनामा इन्टरनेशनल अवार्ड भएको हो।

अवार्ड कार्यक्रममा कतारका लागि नेपालका कार्यवाहक राजदुत लक्ष्मण खनालले नव–नायकको अवार्ड संजित भण्डारीलाई प्रदान गरेका थिए। नायिकाको अवार्ड नायिका तथा मोडल शिलास्मा हमाललाई दिइएको थियो।

त्यस्तैगरेर, बरिष्ठ गायक सीताराम पोखरेल, आनन्द कार्की,प्रकास सपुत, रामकृष्ण श्रेष्ठ, संचारकर्मी गीता अधिकारी, निर्माता अर्जुन शर्मा, भीमसेन गिरी कलाकार सुरज धिताल,जानुका पौडे्ल (प्याकुली ),निरु खड्का “ठ्यास कुमारी” लाई विशेष सम्मान गरिएको थियो। विभिन्न विधामा विभिन्न कलाकारलाई अर्वाड प्रदान गरिएको थियो।

नायक पुष्प खड्रका, गीतकार लोकराज अधिकारी, हास्य कलाकार गोपाल ढकाल “छन्दे” अर्वाड प्राप्त गरेका थिए।
प्रकाशन मिति–२०७६ साल भदौं ३ गते मंगलवार ।