Mr. Raj Phaiju with his spouce Mrs Shrisha Baidar Phaiju in catwalk.

काठमाडौ। नेपालका ख्यातिप्राप्त मोडल तथा कोरियोग्राफर राज फैंजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्टको हरेक इभेन्ट प्रोग्राम अत्यन्त गौरबमय हुने गरेको छ।

यसैक्रममा यो बर्ष आयोजित किड्डी फेस अफ द इअरको तेश्रो संस्करणमा प्रमुख आकर्षणका रुपमा भारतीय सुन्दरी मिसेस युनिभर्स इण्डिया नर्थ एसिया, इलाईट मिसेस इण्डिया २०१६ समेतकी विजेता साक्षी शर्मालाई स्टेजमा उतार्ने कार्य राज फैंजुको रेडियेन्ट इभेन्ट म्यानेजमेन्ट टीम सफल बनेको छ।

शनिवार काठमाडौको राष्ट्रिय नाचघरमा आयोजित यो बर्षको किड्डी फेस अफ द इअर कनिस्क राज बज्राचार्य र श्रीया कुँवर बनेका छन्। श्रीजन ओझा र आँचल ढकालले फस्ट रनरअप तथा प्रतिक पराजुली र मेरिसा बरालले सेकेन्ड रनरअप बन्न सफल भएका छन्।

प्रतियोगिताको कोरियोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्टका फाउण्डर डाइरेक्टर राज फैंजुले गरेका हुन्। अवार्डसंगै ६ जनालाई आयोजक संस्थाकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले विभिन्न उपहारहरू प्रदान गरेकी थिइन्।

कार्यक्रममा मिसेस इन्डिया इन्टरनेश्नल भिभासियस क्विन २०१७ का विजेतालाई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा. लि.का तर्फबाट इन्डियाका लागि नेशनल डाईरेक्टर नियुक्ति गरिएको थियो।
प्रकाशन मिति–२०७४ साल पुष ३० गते आइतवार ।