काठमाडौं। कमल आइडल सिजन ४ तथा डान्स कमल डान्स प्रतियोगिता संपन्न भएको छ। काठमाडौंको बल्खुस्थित कमल इङलिस बोर्डिङ हाईस्कुलको आयोजनामा कमल आइडल तथा डान्स कमल डान्स प्रतियोगिताको आयोजना भएको हो।

शनिवार आयोजित कार्यक्रममा कमल आइडल सिजन ४ र कमल डान्स प्रतियोगितामा कमल स्कुलका विद्यार्थीहरु वीच प्रतियोगिता भएको थियो। निक्कै नै उत्साहजनक ढंगवाट भएको प्रतियोगितामा यो बर्षको कमल आइडल ४ को विजयी पेमा शेर्पा बनेकी छन्। फस्ट रनरअप प्रमोद थापा मगर र सेकेण्ड रनरअप निजा भुजेल बने।

डान्स कमल डान्स प्रतियोगितामा सोनिया तण्डुकार फस्ट, सोनिया महर्जन सेकेण्ड, थर्ड कृतिषा भट्ट र भूमि श्रेष्ठ फोर्थ बनेका थिए। पुरस्कृत विद्यार्थीहरुलाई ट्रफी तथा अवार्ड प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नंबर १४ की वडा अध्यक्ष शोभा सापकोटा तथा कमल इङलिस बोर्डिङ हाईस्कुलका प्रिन्सिपल रामकृष्ण तण्डुकारले संयुक्तरुपमा प्रदान गरेका थिए।

कमल स्कुलले स्कुलका विद्यार्थीहरुको बृद्धि विकासका लागि यसप्रकारका कार्यक्रमहरु बेला–बेलामा गरिदैंआएको प्रिन्सिपल तण्डुकारले भिजन संसार डटकमलाई बताएका छन्। कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रकाशन मिति–२०७५ साल पुष ७ गते शनिवार ।