Rabindra Khadka 1काठमाडौ। नेपाली चलचित्रको अभिनयमा अत्यन्त व्यस्त भएको अवस्थामा नै नेपाली राजनीतिमा प्रवेश गर्ने पहिलो कलाकारमा रविन्द्र खड्का देखिएका छन्।

चलचित्र भाग्यरेखावाट नेपाली चलचित्रमा भाग्य जमाएका अभिनेता रविन्द्र खड्का नेपाली राजनीतिमा लागेर मेयर समेत बन्न सफल कलाकार हुन्।

माओवादी जनयुद्धको उर्वर कालमा पनौति नगरपालिकाका मेयर बनेका अभिनेता खड्कालाई त्यतिबेला मेयर बन्नु चानचुने कुरा थिएन्। जताततै डरै डर तथा त्रासै त्रास भएको बेलामा पनि करिब ११ महिना मेयर बनेर पनौति नगरपालिकाको विकास–निर्माण कार्यमा उच्च योगदान दिएका थिए । यसले गर्दा हालसम्म पनि पनौतिका स्थानीय बासिन्दाहरु कलाकार मेयरको योगदानको रुपमा खड्काका कार्यहरु संझ्ने गरेको पाइन्छ।

Rabindra Khadka 3

यिनै मेयर कलाकार रविन्द्र खड्का यतिखेर पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राप्रपावाट खुल्ला राजनीतिमा देखिएका छन्। राप्रपाको भातृसंगठन राष्ट्रवादी कलाकर्मी मञ्चका अध्यक्ष रहेका खड्का राप्रपावाटै सक्रिय राजनीतिमा होम्मिएका छन्। निर्वाचन आयोगले राजतन्त्र तथा हिन्दूअधिराज्य शव्द राप्रपाको विधानवाट हटाइदिएपछि त्यसविरुद्ध देशव्यापी विरोध भैरहेको छ।

Rabindra Khadka 4]

त्यस विरोध कार्यमा पनि खड्काको सक्रियता देखिएको छ। राष्ट्रवादी कलाकर्मी मञ्चको अध्यक्षको हैसियतले प्रेस विज्ञप्ति जारी गरेर निर्वाचन आयोगको त्यसप्रकारको कार्यको घोर विरोध तथा भत्सर्ना गरेका छन्। नेपाली चलचित्रको गुरु बीएस थापा र नेपाली राजनीतिको गुरु कमल थापालाई मान्ने अभिनेता खड्काले जीवन संगीनी अमिशा थापालाई जिन्दगी समर्पित गरेको समेत सगौरब भन्न रुचाउंछन्।

Kamal Thapa
Kamal Thapa

काभ्रे जिल्लावाट दुई–दुई पटक जिल्ला सभापति र सांसद बनेका पिता इन्द्रवहादुर खड्काको सुपुत्र भएको कारणले पनि उनीभित्र रगतमा नै राजनीति रहेको छ।

पिताको चाहना खड्कालाई नेपालको प्रधानन्यायाधिश बनाउने थियो। पिताजीको त्यो इच्छा पूरा गर्न नसकेपनि पिताजीकै राजनीतिक कर्ममा कलाकारितावाट फर्कन पाएकोमा भने उनले अत्यन्त गर्ब गरेका छन्।

Rabindra Khadka 2

कलाकारिता र राजनीतिलाई समानान्तर रुपमा अगाडि बढाउने सोचमा रहेका खड्काले दर्जनौ दर्जन चलचित्र तथा नाटकहरुमा अभिनय गरिसकेका छन्। आगामी स्थानीय चुनावमा मौका तथा अवसर पाएमा मेयर बन्ने जोश अझै उनमा रहेको छ। पाएमा प्रधानमन्त्री समेत बन्ने उनको योजना रहेको छ।

Rabindra Khadka 5प्रकाशन मिति–२०७३ साल चैत्र ८ गते मंगलवार ।