Kamal-Thapa-and-Bijaya-Gachhadar
काठमाडौ। नेपालमा नयाँ बन्ने सरकारमा संघर्षरत मधेसी मोर्चाका नेताले सरकारमा राप्रपा नेपाल लोकतान्त्रिक फोरमलाई नल्याउन अनौपचारिक दबाब दिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राप्रपा नेपालका कमल थापा र लोकतान्त्रिक फोरमका विजय गच्छेदारलाई सरकारमा ल्याएमा आफूहरु सरकारमा नजाने शर्त समेत राखेका छन्। मोर्चाको यो शर्त तथा दबाब भएतापनि प्रचण्डले विजय गच्छेदार र कमल थापालाई सरकारमा ल्याउने निर्णय गरिसकेका छन्।

गच्छेदारले सरकारमा जाने निर्णय समेत गरिसकेको छ भने, कमल थापाले निर्णय गर्न सकेका छैनन्।
प्रकाशन मिति–२०७३ साल साउन १९ गते बुधवार ।