काठमाडौं। काठमाडौंको बल्खुस्थित कमल अंग्रेजी आवासिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले एसइई परीक्षामा सफलतापूर्वक उत्तिर्ण भएका विद्यार्थीहरुलाई SEE Farewell Programme विदाई कार्यक्रम गरेका छन्। शनिवार काठमाडौंको नयाँबजार खुशिबुँ लिंकरोड स्थित गुच्चा गार्डेनमा आयोजित कार्यक्रममा विदाई कार्यक्रम गरेको हो।

काठमाडौं महानगरपालिका वडा नंबर १४ की वडा अध्यक्ष शोभा सापकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्येक्षता कमल अंग्रेजी आवासिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकृष्ण तण्डुकारले गरेका थिए।

विश्वविख्यात नेपाली लिजेण्डरी धावक बैकुण्ठ मानन्धर, परीक्षा उप–नियन्त्रक महेश्वर शर्मा, नेपाल शिक्षक संघ काठमाडौंका अध्यक्ष रविन महर्जन, कुलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक एस.के.नेपाल, त्रिपुरा सेकेण्डरी स्कुलका अध्यक्ष सुनिलमान शाक्य, भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृत, नामी साप्ताहिकका अध्यक्ष तथा प्रधान सम्पादक नारायण राई, बीएन पब्लिकेसन्सका सिइओ सूर्य विसी लगायतका व्यक्ति–विशेषहरुको आतिथ्यता रहेको थियो।

 कार्यक्रममा विद्यार्थीहरुले विविध मनोरंजक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।


प्र्रकाशन मिति–२०७६ साल साउन ३२ गते शनिवार ।