काठमाडौं। रामेश्वर फुयाँल नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। नेपाली कम्युनिष्ट सिद्धान्तलाई आत्मसात गरेर दशकौं देखि निष्ठाको कम्युनिष्ट राजनीति गर्दैआएका लोकप्रिय नेता पनि हुन्। बागमती प्रदेशका पूर्वमन्त्री तथा वर्तमान सांसद समेत रहेका प्रखर व्यक्तित्व नेता फुयाँलको मुखवाट अभिवादन व्यक्त गर्ने क्रममा लालसलाम आउने गरेको छैन्।

संवोधनको अन्त्यमा होस् या साथीभाइ तथा कार्यकर्ता एवम् जनसमक्ष जय नेपाल भनेर नै संवोधन गर्ने गरेका छन्। जय नेपाल नेता फुयाँलको मूलमन्त्र हो । जय नेपाल भन्नासाथ कतिले काँग्रेस भन्ने गरेको तितो अनुभव भएतापनि पार्टी र राजनीतिभन्दा माथि उठेर हामी सवैले देशको जय भन्नु पर्ने र सोही सोध तथा धारणवाट आफूले जय नेपाल भन्ने गरेको भिजन संसार डटकमसंगको कुराकानीमा नेता फुयाँलले भनेका छन्।

जय नेपाल भन्ने अभिवादन कांग्रेसको पेवा होइन, यो त मुलुकको जय जयकार भएको ठोकुवा गर्दै नेपाल प्रहरीमा अभिवादन टक्राउंदा जय नेपाल भन्ने गरिन्छ । त्यसको मतलव सवै नेपाल प्रहरी कांग्रेस त होइन नि भनेर उदाहरण पेश गर्ने स्पष्टवादी नेता फुयाँल सानैदेखि बच्चाहरुलाई देश र देशको गौरबताको विषयमा जानकार गराउनु पर्ने तथा उनीहरुलाई देशको भलोकारी शिक्षा प्रदान गर्नुपने अनि देशको जय जयकार भन्न सिकाउंदै सानैवाट जय नेपाल भन्न लगाउनु पर्ने बताउंछन्।

नेता फुयाँल कम्युनिष्ट नेता भएतापनि जय नेपालको अभियन्ताको रुपमा हिजोआज सवैले चिन्न थालेको छ। नेता फुयाँलको अवधारणालाई सवैले मनन गर्दै जय नेपाल भन्न थालिएको पनि छ।

प्रकाशन मिति–२०७८ साल मंसीर १९ गते आइतवार ।