काठमाडौं। हाल व्यापक चर्चामा रहेकी अमेरिकी मोडल काइली जेनर विश्वकै कम उमेरमा अरबपति बनेकी मोडल हुन। केही दिनअघिवाट मात्र २३ वर्षमा पुगेकी मोडल काइली सफल व्यापारिक महिलाका रूपमा पनि सुपरिचित रहेकी छन् । उनी २१ वर्षको उमेरमै करोडपति बनेकी थिइन्।

काइली सफल इन्टरप्रेनर पनि हुन्। रियालिटी टिभी स्टार तथा व्यवसायी काइली विश्वकै कान्छी अरबपति हुन्। उनी कस्मेटिक मेकअपको व्यवसाय सञ्चालन गर्छिन्। लेडी गागालाई रोल मोडेल ठान्ने काइलीले १८ वर्षको हुँदा नै गागासँग भेट गरेकी थिइन्। त्यस बेला गागाले काइलीको तारिफ गरेकी थिइन्।

काइलीलाई सेल्फी खिच्ने लत छ। उनी दिनमा सयौं सेल्फी खिच्छिन् र आफूलाई मन परेको फोटो सामाजिक सञ्जालमा अपलोड गर्छिन्। साथै सामाजिक सञ्जालमा आफ्नो व्यवसायको विज्ञापन पनि गरिरहन्छिन्। फोब्र्स म्यागजिनका अनुसार काइलीको व्यापारिक कम्पनी नौ सय मिलियन डलर बराबरको छ। एक बिलियन डलर नाफा गरेको अनुमानका आधारमा उनी २१ वर्षमै अरबपति बनेकी थिइन्।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल साउन ३१ गते शनिवार ।