काठमाडौ। करिना शर्मा बयलकोटीको सपना कलाकार बन्नु हो। अझ करिनाको बाबा र आमाले देखेको महान कलाकार बन्नु हो। त्यो सपनाको लागि जिन्दगीमा हर–हमेसा कोशिशमा रहेकी करिनाले अभिनय यात्रा शुरु गरेको धेरै पनि भएको छैन्।

थोरै समयमा पहिलो पल्ट खुल्ला किताव नामक टेलिफिल्मवाट अभिनय यात्रा गरेकी करिनाले नैना रेशम तथा विर्खेलाई चिन्छस् नामक दुई चलचित्रमा पनि अभिनय गरिसकेकी छन्। मनले अभिनय गर्न पाएको लामो भागको टेलिफिल्ममा दृष्टि हो। हाँस्य–अभिनेत्री चम्सुरी पल्पसा डंगोलले निर्माण तथा निदेशन गरेको टेलिफिल्म दृष्टिको आठ भागसम्म लगातार अभिनय गरेकी करिनालाई मन खोलेर गीत गाउन मन लाग्छ।

त्यो गीतको भाकामा आफूलाई निस्फिक्री हराउन मन लाग्छ। त्यो एकान्तमा आफ्नो जिन्दगीको कथालाई संझ्दै झ्याल–ढोका थुनेर धितनमरुन्जेल रुन मन लाग्छ। त्यो रुवाईभित्र आमाको सपना अनि बाबाको चाहनालाई संझ्दै मनभरिको गीत गाउने करिनाको धोको रहेको छ। त्यो धोको पूरा गर्नको लागि दिन खोलेर चार गीत गाइसकेकी छन्।

नेपालकी छोरी हुं म, मेरो पनि जिन्दगीको अधुरो नै कथा छ, मेरी दिलमा बस प्रिय, उडु उडु भन्छ यो मन तिमीलाई किन खेलवाड लाग्छ जस्ता बोलका गीत गाइसकेकी करिनालाई गीतमा अझै चित्त बुझेको छैन्। भनेजस्तो अनि खोजेजस्तो गीत गाउन नसकेको हो या आफूले राम्रो गाइडनेस पाउन नसकेको हो कि भन्ने करिनामा आत्मालोचना छ।

आमाको छोरी गायिका भएको हेर्न चाहेको त्यो सपना अनि बाबाको छोरी अभिनेत्री बनेको हेर्न खोजेको त्यो दुवै सपना पूरा गर्ने कोशिशमा लागेकी करिनाको जिन्दगीको कथा अत्यन्त पीडादायक छ। दुःखले बनेको अनि पीडाको आँशुले कोरेको जिन्दगी रहेको छ–करिनाको व्यथा।

विसं.२०५० साल बैशाख १९ गते ललितपुरको सानेपामा जन्मेकी करिनाको बुबा–आमाको नाम विमल शर्मा र करुणा थापा हो। बुबा र आमाको प्रेम विवाहलाई बुवाको घरले अस्वीकार गरेपछि बुबा र आमाले आफ्नै नयाँ जिन्दगी शुरु गरेका थिए। त्यो नयाँ जिन्दगीमा प्रेमको चिनोको रुपमा करिनाको जन्म भयो।

दिन जसोतसो वितिरहेको नै थियो। करिनाको जन्मपछि परिवारमा खुशी नै खुशीको उमंग फैलिएको थियो। जब करिना सात बर्षको उमेरमा पुगेकी थिइन्। त्यतिबेला करिनाकी आमा करुणा र बुबा विमल वीच छोरी गायिका र हिरोइन बनाउने हानथाप नै भएको थियो। गायिका या हिरोइन जे–जस्तो भएतापनि बुबा–आमाको चाहना अनि सपना कलाकार बनाउनु नै थियो।

छोरी कलाकार भएको हेर्ने बुबाआमाको सपना हो। त्यो सपना साकार हुन नपाउंदै करिना सात बर्षको उमेर हुंदैगर्दा नै करिनाको आमालाई व्यथाले नराम्ररी च्याप्यो। करिनाको आमालाई करिनाको बुबाले अस्पताल लग्दैगर्दा वीच बाटोमा कार दूर्घटनामा पर्दा दुवैको ज्यान गयो। करिना नितान्त एक्लो बन्न पुग्यो।

त्यो सानो उमेरमा एकसाथ बुबा र आमालाई गुमाउन पुग्दा करिनाको जिन्दगीमा एकैचोटी पहाड नै खस्यो। त्यो गंभीर अवस्थामा करिनाको परमेश्वर बनेर कोही आए त उनकै बुबाआमाको नजिकको साथी गोपाल बयलकोटी र सुन्तली बयलकोटी आए। बयलकोटी दम्पत्तिले करिनालाई छोरीको रुपमा स्वीकार गरेर पालन–पोषण गरे। बुबा र आमा दुवैको माया दिएर हुर्काए।

त्यसैले आफूलाई जन्मदिने बुबाआमा र कर्मदिने बुबाआमा दुवैतिरको थर जोडेर करिना शर्मा बयलकोटी राखेको करिनाले पहिलोपल्ट खुलासा गरेकी छन्। परमेश्वरको रुपधारण गरेर आफूलाई हुर्काउने बयलकोटी बुबाआमालाई करिनाले अत्यन्त श्रद्धा गर्ने गर्छिन्। मानिस ठूलो जातले हुंदैन, दिलले हुन्छ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको महावाणीलाई करिना यतिखेर बारम्बार संझन्छिन्। ती महान बयलकोटी बुबाआमालाई नमन गर्छिन्।

करिनाको जिन्दगीको यो बास्तविक कथावाट धेरैको आँखा रसाउने गर्दछ। कयौंको मनको बह फुट्ने गर्दछ। तरपनि, करिना यो कथालाई लुकाउन खोज्दा–खोज्दैपनि सकिनन्। भिजन संसारसंग मनको बह पोख्ने क्रममा यो कथा खोलेर आफूलाई केही भएपनि मन हल्का भएको अनुभव भएको बताएकी छन्।

हाल यतिखेर करिना नेपालभन्दा धेरै टाढा भिजिटका क्रममा बहराइन पुगेकी छन्। यसअघि दुबईमा केही महिना बसेकी करिना त्यहाँपनि केही महिना बसेपछि नेपाल फर्कने तर्खरमा रहेकी छन्। नेपाल फर्केर गायन र अभिनयमा नै निरन्तर लाग्ने उनको सोच र योजना रहेको छ।

प्रकाशन मिति–२०७४ साल फागुन २८ गते सोमवार ।