Bhukampa Pidit 3काठमाडौ। नेपालमा विगतमा सरकारले भूकम्प पीडितहरुलाई वितरण गरेको अनुदानको आधारमा राष्ट्रिय पूर्नरनिर्माण प्राधिकरणले गरेको विस्तृत सर्वेक्षणको आधारमा करिब सवा लाख परिवार नक्कली भूकम्प पीडित देखिएका छन्।उपत्यका बाहिरका ११ जिल्लामा मात्रै १ लाख २३ हजार ९ सय ६९ परिवार नक्कली पीडित देखिएका हुन्।

Bhukampa Pidit 1पुनर्निर्माण प्राधिकरणका अनुसार उपत्यका बाहिरका भूकम्प प्रभावित ११ जिल्लामा ५ लाख ३२ हजार २ सय ३६ को पूर्णरूपमा घर क्षति भई अनुदान पाउनेको सूचीमा परेका छन् । तर, गृह मन्त्रालयले ६ लाख ५६ हजार २ सय ५ जनालाई अस्थायी आवास, न्यानो कपडाका लागि रकम वितरण गरेको थियो । उक्त आधारमा करिब सवा लाख नक्कली पीडित देखिएका हुन्।भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा ७ लाख १७ हजार ७ सय १८ घरधनीको सर्वेक्षण गरिएको प्राधिकरणले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Bhukampa Pidit 2यसमध्ये ५ लाख ३२ हजार २ सय ३६ घरधनी अनुदान पाउने सूचीमा परेका हुन्। काठमाडौ उपत्यकाभित्रको आंकडा तथा सर्वेक्षण गर्ने कार्यमा अरु जिल्लाको तुलनामा निक्कै ढिला गरिरहेको पाइएको छ। अर्कोतर्फ अन्य जिल्लाहरुमा अनुदान रकम बांडिने क्रम शुरु भएतापनि उपत्यकामा कुनै सुरसार गरिएको छैन्। प्राधिकरणले उपत्यका बाहिरको कार्य सकेपछि उपत्यकामा प्रारम्भ गरिने भनेको छ।
प्रकाशन मिति–२०७३ साल जेठ २८ गते शुक्रबार।