Karishma Holi 7Karishma Holi 8

 

काठमाडौ। हरेक बर्षको होली पर्वमा जस्तै यो बर्षको होलीमा पनि नायिका करिश्मा मानन्धरले गोदावरी टौखेल स्थित निवासमा होली पर्व मनाएकी छन्।

होलीको रंगमा दिनभर नेपाली चलचित्रका कलाकार तथा पत्रकारको अलावा नेपाली राजनीतिका नेताहरुलाई समेत आमन्त्रण गरेर होली पर्व मनाउने कार्यमा नायिका मानन्धर दिनभर नै व्यस्त बनेको पाइयो।

Karishma Holi 5यो बर्षवाट नेकपा एमाओवादीवाट अलग बनेर नयाँ शक्ति नामक पार्टी गठन गर्ने पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ शक्तिमा आवद्ध बनेकी नायिका मानन्धरको होली पर्वमा विशेष आकर्षण नेता भट्टराई नै भए। नेता भट्टराई नायिका मानन्धरको होली पर्वमा उपस्थित भएर कलाकारहरुसंग होली खेलेर रमाएका थिए।

Karishma Holi 6नायिका मानन्धरको होली पर्व कार्यक्रममा नंवरी नायिका रेखा थापादेखि पछिल्लो पुस्ताकी चर्चित नायिका प्रियंका कार्कीसम्मका कलाकाहरुको बृहत उपस्थिति रहेको थियो। यो बर्षवाट चलचित्र निर्माता तथा निर्देशक आकाश अधिकारीले पनि आफ्नो रेडकार्पेट स्टुडियोमा होली पर्व मनाएका थिए। उक्त कार्यक्रममा नायिका रेखा थापाको साझेदारी समेत देखिएको थियो।

Karishma Holi 4प्रकाशन मिति–२०७२ साल चैत्र ९ गते मंगलवार ।