Karishma with Rajesh Hamal 1काठमाडौ। नेपाली चलचित्रका महानायक राजेश हमाललाई अत्यन्त मन पराउने सदावहार नायिका करिश्मा मानन्धरले हमाललाई काठमाडौ महानगरपालिकाको मेयर पदमा चुनाव लड्न सुझाव दिएकी छन्।

हालसम्म हमाल कुनै राजनीतिक पार्टीसंग आवद्ध नभएकोले नायिका मानन्धरले स्वतन्त्र रुपमा भएपनि उठ्न हमाललाई अनुरोध गरेकी छन्। हमाल काठमाडौ महानगरपालिकाको मेयर पदमा उठेमा आफू नयाँ शक्ति पार्टीको केन्द्रिय सदस्य भएतापनि हमाललाई भोट दिने बचनबद्धता व्यक्त गरेकी छन्।

Karishma with Rajesh Hamal 2नेपाली समाज र देशको चिन्ता हमालमा छ भने, अवश्य पनि काठमाडौवाट मेयरको लागि स्वतन्त्र रुपमा चुनाव लड्न आव्हान नै गर्ने कार्य नायिका मानन्धरवाट भएको छ।

Karishma with Rajesh Hamal 3प्रकाशन मिति–२०७४ साल बैशाख ५ गते मंगलवार ।