haritara-chalchitra-puraskar-2काठमाडौ। परिवर्तन नेपालको आयोजनामा नेपाली चलचित्र क्षेत्रको पहिलो पुरस्कार हरितारा चलचित्र पुरस्कार तथा परिवर्तन सम्मान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौको बागबजार स्थित होटल हार्दिकमा आयोजित कार्यक्रममा नेपालकी सदावहार अभिनेत्री करिश्मा मानन्धर, प्रसिद्ध डिजाइनर सुन्दर श्रेष्ठ र बरिष्ठ चलचित्र पत्रकार शान्ति प्रियलाई हरितारा चलचित्र पुरस्कारवाट पुरस्कृत गरिएको छ।

haritara-chalchitra-puraskar-1

जनही नगद २५ हजार तथा सम्मान पत्र सहितको पुरस्कार तीनैजना स्रष्टाहरुलाई प्रदान गरियो। साथमा परिवर्तन नेपालका संस्थापक अध्यक्ष मोहन निरौलाका पिता र माताको नाममा राखिएको नगद १० हजार सहितको दुर्गादेवी–पूण्य निरौला चलचित्र पुरस्कार प्रसिद्ध कलाकार तथा निर्देशक सुभाष गजुरेललाई प्रदान गरियो।

haritara-chalchitra-puraskar-3

कलाकार तथा निर्देशक सविन बाँस्तोला, संगीतकार सन्तोष श्रेष्ठ र डा.श्यामकाजी महर्जनलाई परिवर्तन सम्मान–२०७३ प्रदान गरिएको थियो। पुरस्कार तथा सम्मान प्रमुख अतिथि बरिष्ठ चलचित्र निर्देशक तथा लेखकव्द्य चेतन कार्की र यादव खरेलले बरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भुसाल, प्रथम रंगीन चलचित्र कुमारीकी नायिका चैत्यदेवी, प्रथम नेपाली चलचित्र आमाकी नायिका भुवन चन्द लगायतको आतिथ्यतामा प्रदान गरेका थिए।
प्रकाशन मिति–२०७३ साल मंसीर ३० गते विहीवार ।