काठमाडौं। नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’को यतिखेर चर्चा चलेको छ। विशेषत् ‘चिसो मान्छे’मा नायिका स्वस्तिमा खड्काको कर्णालीतिरको नयाँ लुक्सको चर्चा चलेको हो।

उतैको हाउभाउ अनि शैली रहेको अर्गानिक चलचित्र ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएपछि स्वस्तिमाको थप चर्चा चलेको हो। आगामी असार ३ गतेवाट देशभर प्रदर्शनको लक्ष्य राखेको चलचित्र ‘चिसो मान्छे’को निर्देशन दीपेन्द्र के खनालले गरेका हुन्।

कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान् वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौँसम्मको यात्रालाई समेटेर चलचित्र तयार पारिएको छ। ट्रेलरमा अर्पण थापा र देशभक्त खनालको पनि स्वभाविक अभिनय देखिएका छन्।