काठमाडौं। विश्वको अग्रणी जीवन बीमा कंपनी मेटलाइफ नेपालले नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा नयाँ एजेन्सी कार्यालय सञ्चालन विस्तार गरेको छ ।

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले एजेन्सी कार्यालयको उदघाटन गरेपछि यसको शुभारम्भ भएको हो। यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३२ वटा कार्यालय पुगेको छ।

यसरी भएको विस्तारले कर्णालीको सुर्खेत क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ।

यस कार्यालयले ग्राहकहरुलाई बिमा शुल्क तथा आवेदन संकलन, बिमालेख हस्तान्तरण तथा बिमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन।


प्रकाशन मिति–२०७६ साल माघ २० गते सोमवार ।