काठमाडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे भारतमै प्रश्न उठेको छ। नेपाल भ्रमणको क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र मुक्तिनाथ भ्रमण गरेको विषयमा सत्ताधारी दल भारतीय जनता पार्टी र प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेसबीच आरोप–प्रत्यारोप चलेको हो।

प्रतिपक्षी कंग्रेसले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएको हिन्दु धार्मिक तीर्थाटनप्रति आपत्ति जनाएको छ।

कंग्रेसका महासचिव तथा वरिष्ठ नेता अशोक गलहोतले मोदीको भ्रमणलाई दक्षिण भारतीय राज्य कर्नाटकको चुनाव प्रभावित पार्ने नियतले गरिएको दावी गरे।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल जेठ १ गते मंगलवार