काठमाडौं। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको नेतृत्वमा इनास युकेले सामाजिक सहयोग गर्ने कार्य भएको छ। इनास युकेका अध्यक्ष विनोद चिपालु तथा इनास युकेका पूर्वअध्यक्ष एवम् चलचित्र कैदीको–पत्रका निर्देशक सनम कुमार बैरागले उक्त सामाजिक सहयोग गर्ने कार्य भएको हो।

इनास युकेको तर्फवाट अध्यक्ष चिपालु तथा पूर्वअध्यक्ष बैरागले काठमाडौंको गोकर्ण–४ स्थित अपाङ पूर्नस्थापन केन्द्रका बालबालिकाहरुका लागि आवश्यक खाद्यान्न सामाग्री वितरण गर्ने कार्य भएको छ।

इनासको हरेक कार्य तथा सामाजिक कार्यमा नेपाल चलचित्र कलाकार संघको सहभागिता तथा सहकार्य हुने जानकारी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको भनाई छ

अपाङ्गता भएका बालबालिकाको पूर्नस्थापन गर्ने कार्यमा सक्रिय अपाङ पूर्नस्थापन केन्द्रका बालबालिकाहरुलाई आफूहरुले सानो भएपनि सहयोग गर्न पाउंदा गौरबता महशुश भएको इनास युकेका अध्यक्ष विनोद चिपालु तथा पूर्वअध्यक्ष सनम कुमार बैरागले बताएका छन्
प्रकाशन मिति–२०७६ साल माघ ११ गते शनिवार ।