काठमाडौं। विसं.२०४५ सालवाट कला यात्रा शुरु गरेका अभिनेता विष्णु रिजालको पछिल्लो चलचित्र चरी हो । लामो समय पछि कलात्मक चलचित्र चरीवाट कमब्याक बनेका अभिनेता रिजालको लागि चलचित्र चरी अभिनय यात्राकै टर्निङ प्वाइन्ट हो।

लामो समय बेलायत बसेर फर्केका निर्माता राजेन्द्र भट्टको निर्माण तथा अमेरिकाको न्यूयोर्कमा सिनेमा नै डिग्री हासिल गरेका निर्देशक केरिन शर्माको निर्देशन रहेको चलचित्र चरीमा अभिनेता रिजालको प्रमुख भूमिका रहेको छ। साथमा रंगमंचकी अग्रणी अभिनेत्री सरिता गिरी लगायत सविना गोपाली, अम्बर सुवेदी लगायतका कलाकारहरुको दमदार स्वभाविक अभिनय रहेको छ।

आगामी चैत्र २ गते हुन गैरहेको निफ फिल्म फेस्टिभलमा प्रिमियर हुने चलचित्र चरीको नयाँ बर्ष २०८० साल बैशाखको दोश्रो या तेश्रो हप्तावाट नेपालभर प्रदर्शन हुने जानकारी पनि अभिनेता रिजालले दिएका छन्। अभिनेता रिजालले यसअघि रंगमंच लगायत ठूलो पर्दाका चलचित्रहरु सेतो रगत, सजाय, षडयन्त्र, चाँदनी,नातेदार, मोहनी लाग्ला है, गुरु, माझिमा, झेली, मञ्जरी, घायल लगायतमा अभिनय गरेका छन्।

थुप्रै आधुनिक तथा लोक दोहरीका गीतहरु गीतका म्युजिक भिडियोहरुमा पनि अभिनय गरेर तहल्का मच्चाएका अभिनेता रिजाल लामो समयको अन्तरालमा दमदार चलचित्र चरीवाट कमब्याक हुन पाउंदा अत्यन्त गर्ब लागेको बताउंछन्।

प्रकाशन मिति–२०७९ साल फागुन २६ गते शुक्रवार ।