Vetran Actor & Director Mr. Rabindra Shahi
Vetran Actor & Director Mr. Rabindra Shahi

काठमाडौ। नेपालका कलाकारहरुको अनवरत यात्राको पच्चीस बर्ष अवश्य पनि चानचुने कुरा होइन्। कलाकारिता बाहेक अन्यत्र केही नहेरिकन कला तथा कलाकारिताको लागि अनवरत तपस्या गर्ने कलाकार साँच्चैको देशको सच्चा गहना हुन्।

जसको सम्मान नेपालको कुनैपनि राज्य तथा सरकारले हालसम्म गरेको पाइदैन्। उनीहरुको जीवन कालमा सम्मान गर्ने परम्पराको अझै विकास नभएको अवस्था रहेको छ। यस्तो अवस्थामा एकजना विलक्षण प्रतिभाका धनी कलाकारले आफ्नो कला यात्राको पच्चीस बर्ष पुगेको अवसरमा बृहत म्युजिक नाइट आफैले गरेर राज्य र सरकारलाई घचघचाउने कोशिश गर्ने भएका छन्।

Mr. Rabindra Shahi with his elder sister M/s Radha Devi Shrestha
Mr. Rabindra Shahi with his elder sister M/s Radha Devi Shrestha

त्यसरी कोशिश गर्ने कलाकार अरु कोही नभइकन, दर्जनौ चलचित्र तथा कयौं गीत तथा भिडियोका नायक अनि निर्देशक रविन्द्र शाही हुन्। आजभन्दा पच्चीस बर्षअघि सानो उमेरवाट कलाकारिताको यात्रा तय गरेका कलाकार रविन्द्र शाही यतिखेर कला यात्राको पच्चीस बर्षमा पुगेका छन्।

यस अवसरमा आफ्नो गाउं–ठाउं अनि आफू जन्मेको स्थान मध्यपुर थिमीको पहिचान दिन मध्यपुर थिमीमा नै भव्य म्युजिकल नाइट गर्ने क्रममा रहेका छन्। यही असोज ६ गते शुक्रबारका दिन मध्यपुर थिमीको बाहाखा बजार स्थित एभरेष्ट पार्टी प्यालेसमा उक्त कार्यक्रम गर्न गैरहेको जानकारी आइतवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कलाकार शाहीले दिएका छन्।

Rabindra Shahi progm 5त्यस कार्यक्रममा आफूलाई कलाकारितामा मार्गदर्शन दिने दुई गुरु बरिष्ठ कलाकार रत्न श्रेष्ठ र प्रभाकर देव शर्मालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको शाहीले भनेका छन्। कार्यक्रमको संयोजन तथा प्रस्तुति यम्स इन्टरटेन्टमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख स्वतन्त्र संसार महर्जनको हुने भएको छ। जसमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विशिष्ट प्रस्तुति रहने जानकारी कार्यकारी प्रमुख महर्जनले दिएका छन्।

Rabindra Shahi progm 3नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न असंबरेले धैर्य तथा अनुशासन र लगनशीलताले कलाकार रविन्द्र शाही पच्चीस बर्षको कला यात्रामा पुगेको टिप्पणी गर्न चुकेनन्।

Vetran Actor & Director Mr. Surendra Tuladhar
Vetran Actor & Director Mr. Surendra Tuladhar

ख्यातिप्राप्त कलाकार तथा निर्देशक सुरेन्द्र तुलाधरले कला यात्राको पच्चीस बर्ष तय गर्ने धेरै कलाकार भएतापनि यसप्रकारले भव्य तथा सभ्य रुपमा कला यात्राको पच्चीस बर्ष मनाउने कलाकारमा रविन्द्र शाही नै पहिलो भएको दावी नै गरेका छन्। कलाकार रविन्द्र शाहीको दिदी राधादेवी श्रेष्ठले भाइको सफलतामा माइति हुनुको नाताले निक्कै नै गर्ब लागेको प्रतिक्रिया व्यक्त गरेकी छन्।
प्रकाशन मिति–२०७४ साल असोज १ गते आइतवार ।