Surendra Tuladhar Helped Sarita Maharjan 3काठमाडौ। कलेजोको क्यान्सरवाट पीडित बनेका पिताजीलाई आफ्नो कलेजो दान गरेर नयाँ जीवन दिने सवैको प्रेरणाको प्रतिक सरिता महर्जनको सहयोगार्थ आयोजित हेल्पिङ्ग ह्याण्ड फर सरिता महर्जन च्यारिटी इभ संपन्न भएको छ।

शनिवार ललितपुरको पाटनढोका स्थित अशोक हलमा आयोजित उक्त च्यारिटी कार्यक्रमवाट नगद ५ लाख ११ हजार १ सय ११ र पैसा ११ संकलन भएको आयोजक सुखावती मल्टी प्रोडक्सन प्रा.लि.का प्रसिद्ध चलचित्र निर्माता तथा निर्देशक सुरेन्द्र तुलाधरले भनेका छन्।

Surendra Tuladhar Helped Sarita Maharjan 1च्यारिटी इभवाट संकलित रकम एक समारोह वीच निर्माता तथा निर्देशक तुलाधरले सरिता महर्जनलाई हस्तान्तरण गरेका छन्। हस्तान्तरण कार्यक्रममा सरिता महर्जनले भावुक बनेर आफूलाई सहयोग गर्ने आयोजक तथा कलाकार सवैलाई धन्यवाद व्यक्त गरेका छन्।

च्यारिटी इभ कार्यक्रममा देविका बन्दना, केञ्जल मेहर श्रेष्ठ, सुविन श्रेष्ठ, एन्जिला सिंह श्रेष्ठ, दीपा महर्जन, सिरका मधिकःमी, कल्पना श्रेष्ठ, राकेश बज्राचार्य, शलिल सुन्दर तुलाधर, सुरज शाक्य, विष्णु सुन्दर देशेमरु, कपिल करपाल श्रेष्ठ, श्रजल महर्जन, विजेश पौड्ेल लगायतले विविध सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

त्यसैगरेर, चर्चित डान्सर स्वजन रघुवंशी, कृपा बज्राचार्य, विनु शाक्य, रोजिना सुवाल, रेशमी महर्जन, रोविन शाक्य लगायतका विभिन्न कलाकारहरुले आकर्षक नृत्य र मिसेस नेवा २०१७ का साथमा विभिन्न मोडलहरुले फेसन–शोमा क्याटवाक गरेका थिए।

Surendra Tuladhar Helped Sarita Maharjan 2प्रकाशन मिति–२०७४ साल भाद्र १२ गते सोमवार ।