–श्याम स्मृत
काठमाडौ । पाँच बर्षअघि मात्र दुई बर्षको बच्चालाई ललितपुरको ठेचो स्थित घरमा सासुको जिम्मामा छाडेर हप्तौ हप्ता विदेशी टुरिष्टका ट्रेकिङ्ग गाइड बनेर कार्य गर्नु एउटी आमाकोे लागि कठिन कार्य अवश्य हो । त्यसमाथि,तिनै विदेशी टुरिष्टका साथमा साना–ठूला हिमाल आरोहण गर्ने कार्य चानचुने उपलव्धी होइन।

यसलाई सामान्य भन्न रुचाउने साहसी ट्रेकिङ्ग गाइड समेत रहेकी नेपाली महिला पर्यटन पत्रकार कल्पना महर्जनको योजना विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहण गर्नु पनि हो । त्यो आरोहण योजना र कल्पनालाई सार्थकता दिने कार्य यो दुईबर्षभित्र गरेर विश्व कीर्तिमान नै कायम गरेकी छन्। नेपाल र चीनको दुवै मोहडावाट विश्वको अग्लो शिखर सगरमाथाको आरोहण गरेर बेलायतको World Books of Records मा पनि नाम लेखाउन सफलता प्राप्त गरिसकेकी छन्।

कल्पना महर्जनले सगरमाथा आरोहण नेपालको दक्षिणी मोहडाबाट सन् २०१८ को २३ मे तदानुसार विसं. २०७५ साल जेठ ९ गते र चीन तिब्बत क्षेत्रको उत्तरी मोहडाबाट सन् २०१९ को २३ मे तदानुसार विसं. २०७६ साल जेठ ९ गते सफल आरोहण गरेर सगरमाथा आरोहणको विश्व रेकर्ड राखेकी हुन।

World Books of Records  को आधिकारिक प्रमाणपत्र ललितपुर महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरेर नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादवको हातवाट कल्पना महर्जनलाई प्रदान गरिसकेको छ। ललितपुर महानगरपालिकाको सहयोगमा पछिल्लो चीनको मोहडावाट सगरमाथा सफल आरोहणका क्रममा शताव्दी पुरुष सत्यमोहन जोशीको १०० बर्ष उत्सव तथा ललितपुर महानगरपालिकाको १ सय बर्षको पूरा गरेको अवसर सगरमाथामा झण्डा फरफराउने कार्य गरेकी थिइन्। जुन अत्यन्त गौरबशाली कार्य भएको त्यस अभियानका उत्प्रेरक व्यक्तित्व रविन्द्र महर्जनले सगौरब भनेका छन्।

शान्ति शिक्षा अभियान नेपालका संस्थापक अध्यक्ष समेत रहेका प्रसिद्ध पर्वतारोहण व्यवसायी रविन्द्र महर्जनको थप प्रेरणा तथा असिम उत्साह अनि साथ र सहयोगवाट पहिलो पल्ट चारजना महिला पत्रकारहरुसंग सगरमाथा आरोहण गरेकी कल्पना महर्जनले दोश्रो पल्ट एक्लै सगरमाथाको उच्च शिखर सगरमाथाको त्यो पनि चीनको मोहडावाट सफल आरोहण गरेकी हुन्।

त्यहाँ पुगेर शताव्दी पुरुष डा.सत्यमोहन जोशीको १०० बर्षको जन्म उत्सवलाई ललितपुर महानगरपालिकाको तर्फवाट महाउत्सव वनाएर झण्डा फरफर्राउने कार्यको अलावा शान्ति शिक्षा अभियान नेपालको मूल उदेश्य बाल विवाहको विरुद्ध आवाजको बुलन्द गर्ने कार्य गरेर अर्को नौलो आयाम थप्ने कार्य गरेको जानकारी उत्प्रेरक व्यक्तित्व रविन्द्र महर्जनले दिएका छन्।

सगरमाथाको उच्च शिखरवाट बाल विवाहको आवाज बुलन्द गरेकी कल्पना महर्जनले नेपालका गाउँ–शहरका प्रत्येक स्कुल–स्कुलमा शिक्षा दिन महाअभियानकै रुपमा पुगिरहेकी छन्। नेपालको अलावा विश्वका हरेक कुना–कुना पुगेर पनि यस विरुद्ध महाअभियानमा लाग्ने कार्यमा आफू क्रियाशील भएको वताएकी छन्।

यसअघि, नेपालको मोहडावाट चारजना महिला पत्रकारका साथमा विश्वको उच्च शिखर सगरमाथा सफल आरोहण गरेकी कल्पना महर्जनको आँट, धैर्य र साहस देखेर सगरमाथाको अर्को सफल आरोहण गर्न लगाएर विश्व कीर्तिमान कायम गर्न लगाउने सोचको विकास पर्वतारोहण व्यवसायी एवम् एक्सपिरिसन आउटडोर नेपाल प्रा.लि.का अध्यक्ष समेत रहेका रविन्द्र महर्जनवाट नै भएको हो। नेपालको मोहडावाट सगरमाथाको सफल आरोहण गर्ने कार्य गरिसकेकी कल्पना महर्जनलाई चीनको तिब्बत मोहडावाट दोश्रोपल्ट सगरमाथा आरोहण गर्न लगाउनका लागि आवश्यक तयारी तथा आर्थिक संकलन गर्ने कार्य देखि संपूण तयारीसम्म पनि अहोरात्र खट्ने रविन्द्र महर्जनको सहयोगलाई कल्पना महर्जनले भुलेकी छैनन्।

सगरमाथाकै दोश्रो सफल आरोहण गर्न लगाएर कल्पना महर्जनको विश्व रेकर्ड वनाउने मिशन बमोजिम रविन्द्र महर्जनले कल्पनाको श्रीमान तथा परिवारको पूर्ण स्वीकृतिमा आवश्यक सवै तयारी गरेर अढाई महिना क्लोज क्याम्पमा राखेर सगरमाथा आरोहणका अनेक आधारभूत देखि मूलभूत प्रशिक्षण दिने कार्य गरेका थिए। जुन पहिलो सगरमाथा आरोहणका क्रममा पाएको थिएन। रविन्द्र महर्जनको त्यो भिजन तथा मिशन बमोजिम नै चीनको तिब्बतको मोहडावाट सगरमाथा आरोहण गरेर कल्पना महर्जनले विश्वमा नेपालको नाम राखेर विश्व कीर्तिमान कायम गर्न सफलता प्राप्त गरेको यथार्थता ऐतिहासिक बन्न पुगेको छ।

कल्पना महर्जनलाई चीनको मोहडावाट विश्वको अग्लो शिखर सगरमाथा चढ्न उत्साह प्रदान गरेर विश्व रेकर्ड कायम गर्न र गराउन पर्दा पछाडिवाट सहयोग गर्ने पर्वतारोहण व्यवसायी रविन्द्र महर्जन र कल्पना महर्जन वीच कुनै नाता तथा संवन्ध छैन्। महिला पत्रकारहरुसंग पहिलो सफल सगरमाथा सफल आरोहण पश्चात फण्ड कलेक्सन क्रममा पर्वतारोहण व्यवसायीको नाताले चिनजान भएको रविन्द्र महर्जन सम्झन्छन्। रविन्द्र महर्जन ललितपुरकै इमाडोलका स्थानीय हुन भने, सोही इमाडोल भएर घर ठेचोवाट माइति सिद्धिपुर पुग्ने कल्पना महर्जन वीच चिनाजानी सगरमाथा आरोहणको विषयवाटै भएको हो।

कल्पना महर्जन कुनै जात विशेषवाट नेपाल र चीनको दुवै मोहडावाट विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरेको नभइकन नेपाली चेली तथा नेपालको पर्यटन पत्रकारको नाताले आरोहण गरेको तथ्यलाई रविन्द्र महर्जनले खुलासा गरेका छन्। यसकारण, कल्पना महर्जन सवै नेपालीहरुको गौरबशाली चेली बनेकी छन्। कल्पना महर्जन पनि आफू कुनै जात,धर्म तथा राजनीतिवाट माथि उठेर सवैको नेपाली चेलीको रुपमा सगरमाथा आरोहणको विश्व रेकर्ड कायम गरेको सगौरब बताउंछिन्।

दुईपल्ट सगरमाथाको सफल आरोहण गर्नुअघि सात बर्षअघि सगरमाथाको बेसक्याम्पबाट अगाडि बढ्ने क्रममा थला परेकी कल्पना महर्जनमा विश्वको अग्लो शिखर सगरमाथा चढ्ने आँट, धैर्य र जोशमा कुनै कमी नभएकै कारण सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफलता पाएको तथ्यलाई पनि पर्वतारोहण व्यवसायी उत्प्रेरक व्यक्तित्व रविन्द्र महर्जनले खुलासा गरेका छन्।
सगरमाथा भन्दा कम उचाईका हिमाल चढ्ने कार्य टूरिष्टहरुसँगै त्यसअघि नै गरेकी कल्पनाको लागि सगरमाथा आरोहण जीवनकै मिसन बनेको थियो।

त्यो मिसन पूरा गरेर विश्व कीर्तिमान राख्न कल्पना महर्जनल सफल पनि बनेकी छन्। नेपाल र चीनको दुवै मोहडावाट विश्वको उच्च शिखर सगरमाथा आरोहण गर्ने कीर्तिमानी पहिलो नेपाली पर्यटन पत्रकारका रुपमा पनि यतिखेर कल्पना महर्जन विश्वभर चिनिएकी छन्।

ललितपुरकै सिद्धिपुरमा जन्मेकी कल्पना महर्जन पुरातन सोसाइटीबाट माथि उठेर नयाँ आयाम थप्ने कार्य गरेकी छन्। यसमा विशेषत श्रीमानको विश्वास तथा साथ र परिवारको सहयोगलाई मैले विर्सन मिल्दैन भन्न रुचाउँछिन् । हिजोका दिनमा सिद्धिपुरमा पहिलो पल्ट साइकल चढेर काठमाडौ आतेजाते गर्दा छोरी विग्रियो भनेर अनेकन लान्छना लगाउनेहरु आज विश्वको अग्लो हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको खवर मिल्दा छोरी त कल्पना जस्तो पो हुनुपर्दछ भन्नेहरु यही कानले सुन्न थालेकी छु भनेर कल्पना महर्जनले सगौरब भनेकी छन् ।

 

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल चैत्र २१ गते शनिवार ।