इजरायल। इजरायलमा पहिलोपल्ट पूर्वीनेपालको प्रसिद्ध देवधाम पाथिभरा माताको नाममा माँ पाथिभरा भक्ति समाज इजरायलको विधिवत रुपमा गठन भएको छ। गत शुक्रबार १७ मे २०१९ का दिन माँ पाथिभरा भक्ति समाज इजरायलको गठन भएको हो।

माँ पाथिभरा भक्ति समाज इजरायलको प्रथम सभा तेलअभिभ स्थित माताको मन्दिर परिसरमा भएको थियो। विगत लामो समय देखि मन्दिरको संरक्षण गर्दैआएकी मन्दिर संरक्षक कविता क्षेत्री (पाख्रीन) को सभापतित्वमा सु–सम्पन्न भएको थियो। एन.आर.एन.ए.इजरायलकी कोषाध्यक्ष कादम्बरीदाना श्रेष्ठको प्रमुख अतिथि तथा अन्य धार्मिक संघ–संस्थाका प्रतिनिधिहरुको आतिथ्यमा रहेको थियो।

कार्यक्रममा नेपाली राष्ट्रिय गान पश्चात् सभापति र प्रमुख अतिथिको बाहुलीबाट दिप प्रज्वलन गरेर आधिकारिक रुपमा माँ पाथिभरा भक्ति समाज इजरायलको उदघाटन भएको उदघोष गरिएको थियो। मन्दिर संरक्षक डेन्डुप तामाङको स्वागत मन्तव्यसँगै अगाडि बढेको कार्यक्रमको सञ्चालन अर्जुन पोख्रेल (प्रेम)ले गरेका थिए।

माँ पाथिभराको भक्ति संगीत तथा पूजाआजा र आशीर्वाद कार्यक्रम पश्चात माँ पाथिभरा भक्ति समाज इजरायलको कार्य समिति २०१९ पनि घोषणा गरिएको थियो। जसअनुसार, अध्यक्ष कविता क्षेत्री (पाख्रीन), उपाध्यक्ष रुजा थापा, उपाध्यक्ष पर्शुराम निरौला, महासचिव डेन्डुप तामाङ, सचिव अर्जुन पोख्रेल (प्रेम), सचिव प्रज्ञा कार्की, कोषाध्यक्ष रत्न के.सी.र सह–कोषाध्यक्ष राधा घले चयन गरिएको थियो।

त्यस्तै,सल्लाहकार समितिमा प्रमुख सल्लाहकार निशा अर्याल, सल्लाहकार नेहा गुरुङ र सल्लाहकार कादम्वरी दाना श्रेष्ठ रहेका छन्। नेपाल प्रतिनिधिहरुमा श्याम स्मृत काठमाडौं, देव खड्का झापा, गुरु विशाल बास्तोला झापा रहेका छन्।
प्रकाशन मिति–२०७६ साल जेठ ५ गते आइतवार ।