काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट ध्वंस्त भएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको धरोहर काठमाडौंको सुन्धारास्थित धरहराको व्यापक पूर्नरनिर्माण भैरहेको छ।

लकडाउनमा पनि धरहरा पूर्नरनिर्माणमा कुनै कमी आएको नदेखिएको नेपालका ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यको क्यामेरावाट हेर्दा देखिएको हो।

फोटोपत्रकार शाक्यको क्यामेरावाट हेर्दा भीमसेन स्तम्भका रुपमा समेत चर्चित धरहराको पूर्नरनिर्माणमा केही ज्यामी मजदूर आफ्नै धुनमा काम गरिरहेको देखियो। राष्ट्रिय पूर्नरनिर्माण प्राधिकरणले निर्माण गरिरहेको धरहरा पूर्णत कङ्क्रिटको बन्ने देखिएको छ।

जताततै सिमेन्ट, डन्डी तथा कङ्क्रिट नै प्रयोग भएको पाइएको छ। ठूलै विजनेशपार्कको रुपमा विकास गर्न खोजेको धरहरामा ऐतिहासिकताको छनक पूर्नरनिर्माण संपन्न भएपछि कतिको आउने हो या होइन ? त्यो त हेर्न वाँकी नै छ।

प्रकाशन मिति–२०७७ साल भाद्र २३ गते मंगलवार ।