Bashu Shasi Kabi Goshthi 4

काठमाडौ। वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८१औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र वासु शशी स्मृति परिषद्को संयुक्त आयोजनामा विशेष कवि गोष्ठी संपन्न भएको छ।

Bashu Shasi Kabi Goshthi 3

आइतवार आयोजित कवि गोष्ठीमा नेपालका चर्चित कविहरुले कविता बाचन गरेर सवैको वाहवाही लुटेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कवि गोष्ठीमा वरिष्ठ कविहरू तुलसी दिवस, कालीप्रसाद रिजाल, सरुभक्त, कृष्ण जोशी, वेञ्जू शर्मा, शैलेन्द्र साकार, जसराज किराँती, विजय वजिमय, ज्ञान उदास, कृष्ण प्रधान तथा प्रमोद प्रधान लगायतले कविता वाचन गरेका थिए।

Bashu Shasi Kabi Goshthi 1

वासु शशीको कवित्व र व्यक्तित्वबारे प्रमुख अतिथि तुलसी दिवस, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती,यादव भटराई, परिषद्का अध्यक्ष गणेश रसिक तथा सचिव प्रद्युम्न जोशीले प्रकाश पारेका थिए।

Bashu Shasi Kabi Goshthi 2प्रकाशन मिति–२०७३ साल चैत्र १३ गते आइतवार ।