india-pakistan-borderकाठमाडौ। कश्मिीरको विषयमा भारत र पाकिस्तान वीच व्यापक रुपमा तनाव बढ्दै गएको भारतीय समाचार माध्यमहरुले जनाएको छ। दुई देश वीच युद्धको संभावित तयारी भैरहेको संकेत देखा परेको विश्लेषकहरुको भनाईलाई उद्रित गर्दै ती समाचार माध्यमहरुले लेखेका छन्। समाचार अनुसार भारतले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा कयौं बस्ती खाली गराएको छ ।

करिब एक हजारको संख्यामा रहेका ती बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा बनाइएको अस्थायी शिविरमा सारिएको भारतीय अधिकारीको भनाइ छ। सीमा क्षेत्रबाट १० किलोमिटरको दुरीसम्म रहेका सबै अस्पतालका चिकित्सकको पछि बिदा रद्द गरिएको भारतीय अधिकारीले जानकारी दिएका छन्।

ती चिकित्सकलाई तयारी अवस्थामा रहन भनिएको छ। सीमा क्षेत्रमा रहेका विद्यालयमा छुट्टी दिइएको छ। भारतले पाकिस्तान अधिनस्थ कश्मिरमा गरेको ‘सर्जिकल स्ट्राइक’पछि भारतले पाकिस्तानबाट हुन सक्ने हमलालाई मध्यनजर गर्दै आफ्नो सेनालाई तयारी अवस्थामा राखेको छ।

सुरक्षाबलका सबै जवानको छुट्टी रद्द गरिएको भारतीय अधिकारीले जनाएका छन्। अधिकारीहरुका अनुसार पाकिस्तानले हमला गरेमा पाँच मिनेटभित्रै जवाफ दिनेगरी सेनाका विभिन्न युनिटलाई भारतले तयारी अवस्थामा राखेको छ। (एजेन्सी)

प्रकाशन मिति–२०७३ साल असोज १४ गते शुक्रबार ।