–बिमला कोइराला ।

प्रजातन्त्र ।। लोकतन्त्र ।। गणतन्त्र ।। हुँदै
प्राप्तिमा छलाङ तर, उन्नतिमा बामे सर्दैछौ ।
घरको समस्या अरुले मिलाउनुपर्ने
यो हामी कस्तो प्रयत्न गर्दैछौ ?

आधुनिकतामा उशृङ्खल हुँदैछौ वा
मौलिकतामा खुम्चँदैछौ █
एकतामा जुटदैछौ वा
अनेकतामा फुट्दैछौ !
सिमाविहिन विश्व भूगोलमा
आफ्नै परिचय खोज्दैछौ।
नसा–नसामा देश बसेको छ।     

तैपनि, हृदय बेच्दैछौ।
कहाँ छौ हामी विश्वमानचित्रमा?
उत्तर र दक्षिणले चेप्दैछौ।

बेहोशीमा काम गर्दैछौ अनि,
सम्वृद्धिको सपना देख्दैछौ।
गर्न नसकेको दोषको भारी
अर्काको टाउकोमा थोप्दैछौ
ख्वै के पाउने भावी सन्ततिले ?

हामी त बिषको वृक्ष रोप्दैछौ
साच्चै प्राप्ति संस्थागत गर्छौ वा
 फेरि नमिठो इतिहास् लेख्दैछौ ।
कस्तो बिडम्बना दोबाटोमा बसेर
शहीदको मूल्य तोक्दैछौ ?

विराटनगर ।
(हाल घट्टेकुलो डिल्लीबजार, काठमाडौं)