Deepa & Deepak 1–श्याम स्मृत
नेपाली हाँस्य क्षेत्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य पछि बबाल जोडीको रुपमा मानिएको कुनै जोडी छ भने, अवश्य पनि दीपकराज गिरी र दीपाश्री निरौलाको जोडीलाई मानिएको छ। यी जोडीको जोडी रेडियो नेपालको रामविलास–धनिया प्रोग्रामदेखि बाँधिएको नछुटिने जोडी भएको छ। रामविलास र धनिया दीपकराज र दीपाश्रीको मन रेडियो नेपालको त्यो प्रोग्रामवाटै साटिएको थियो। त्यसमाथि पाँच सय भाग लामो टेलिसिरियल तितो–सत्यवाट यी जोडी अझ बलियोसंग कस्सिएका थिए।

विवाहिता दीपकराजसंग अविवाहिता दीपाश्रीको मन जोडिनु र दुवै वीच हाँस्य जोडी बाँडिनुलाई अस्वभाविक भन्न मिल्दैन। मन मिलेपछि नै जोडी बाँडिने गरिन्छ। यसै सिद्धान्त अनुरुप महको जोडी बलियोसंग बाँधियो। मह नेपाली हाँस्य कलाकारिताको कोशेढुंगा नै सावित भयो। केटा–केटा वीचको हाँस्य जोडीलाई सफल मान्ने समाजले केटा र केटी वीचको हाँस्य जोडीलाई श्रीमान–श्रीमतीको संज्ञा दिनुको पछाडि नेपाली समाज नै दोषी मान्न सकिन्छ।

नेपाली समाजले केटा–केटाको मित्रतालाई सहज मान्ने गरेतापनि केटा र केटी वीचको मित्रतालाई सहज मान्ने पक्षमा देखिएको पाइदैन। महलाई जति सजिलो भएतापनि अवश्य पनि अभिनयको जोडीको करियरमा दीपकराज र दीपाश्रीलाई सहजता भएको पाइदैन। दुवै नेपाली समाज देखि सतर्क भएर कार्य गर्न वाँध्य देखिन्छन्। हुन त दीपकराज गिरीको आफ्नै सवल परिवार रहेको छ। दुई लक्का जवान छोरी र एक तरुनी छोरी दीपकराज गिरीको रहेको छ। दीपकराज गिरीका यी तिनै सन्तानको विवाह गर्ने समय भैसकेको छ। दीपाश्री भने दीपकराज जस्तो बर नपाएर आजन्म विवाह नगर्ने पक्षमा देखिएकी छन्।

Deepa & Deepakदीपकराज गिरी विवाहिता नभएको पक्कैपनि उनैसंग विवाह गर्नेथिए भनेर सार्वजनिक अभिव्यक्ति दिने दीपाश्री भित्र दीपकराज गिरी प्रति बेग्लै मोह र विश्वास रहेको यसैवाट प्रमाणित हुने गरेको छ। कुनैबेला नेपाली चलचित्र गाउंले लगायत केही चलचित्रमा नायिका समेत बनिसकेकी दीपाश्रीको नायिका बन्ने रहर भएतापनि शरीरमा बढ्ेको अस्वभाविक मोटोपनाले नायिका बन्ने सोचलाई सदाको लागि त्यागेको देखिन्छ।

आफ्नो जोडी दीपकराज गिरीलाई हिरो बनाउन आफूहरुले निर्माण गरेको पहिलो चलचित्र ६ एकान ६, वडा नंवर ६ र छक्का–पन्जामा समेत नायिका बनेकी छैनन्।
ती चलचित्रमध्ये वडा नंवर ६ को एक गीतमा वाहेक अरु चलचित्रमा अभिनय गर्ने कार्य समेत दीपाश्रीवाट भएको देखिदैन। तेश्रो निर्माणको चलचित्र छक्का–पन्जामा पुग्दा दीपाश्री बरु निर्देशक बनेकी छन्। निर्देशक बनेर छक्का–पन्जालाई दुई चलचित्रभन्दा अझ बढी हिट बनाउने कोशिशमा उनी लागेकी छन्। यसअर्थमा दीपाश्रीले दीपकराज गिरीको लागि त्याग गरिरहेको भन्नेहरु पनि पाइएको छ। जुन कुरालाई दीपाश्रीले खासै मतलव गरेको पाइदैन।

Deepa & Dipak Topi 1

केटा र केटा वीचको जोडीमा त कति धेरै माया तथा आकर्षण हुने गर्छ भने, केटा र केटी वीचको जोडीमा आकर्षण तथा प्रेम नहुने सवालै हुंदैन। अवश्य पनि दीपकराज गिरी तथा दीपाश्री वीच प्रेमको आकर्षण छ। त्यो आकर्षणले नै दुवैको जोडी टिकाउ बनेको हो। हरेक कुरामा विना आकर्षण काम बन्न सक्दैन। त्यो कुरा सवैमा लागु भएको हुन्छ। यसअर्थमा दीपकराज गिरी र दीपाश्रीको प्रसंगमा पनि लागु भएको पाइन्छ।

दुवैलाई सोधियो भने, दुवैले आफूहरु वीच प्रेम तथा आकर्षण भएको भन्न चुक्दैनन्। प्रेम तथा आकर्षणमा शारीरिक संवन्धको कुरा पनि आउने गर्छ। यस कुरामा आम मानिस जस्तै उनीहरु खुल्न सक्दैनन। खुल्दैनन पनि। यो सामाजिक मर्यादाको कुरा हो। सामाजिक मर्यादाको घेरा नाँघ्ने कार्य अवश्य पनि दीपकराज गिरी तथा दीपाश्रीवाट भएको पाइएको छैन्। यसले गर्दा पनि उनीहरु दुई वीचको जोडीलाई नेपाली चलचित्रका दर्शकहरुले नमन गरेको पाइएको छ।

मह जोडी जस्तै बाँचुन्जेल नमूना हाँस्य जोडी बन्ने सोचमा अघि बढ्ेको दीपकराज गिरी तथा दीपाश्रीको जोडी दिगो बन्ने पक्षमा प्राय सवै पाइन्छ। कोही भने दीपकराज गिरी र दीपाश्रीको जोडी भनेको दीपाश्रीको विवाह नभएसम्मका लागि हो भन्नेहरु पनि पाइएको छ। दीपाश्रीको विवाह अरु कोहीसंग यदि निकट भविष्यमा भएमा त्यो बेला दीपाश्रीको श्रीमानले यस जोडीलाई मान्छ या मान्दैन भन्ने सवालमा भन्दा पनि दुवैलाई शंकाको घेरामा राखेर हेर्छ या हेर्दैन भन्ने सवालले महत्व राख्ने गर्छ भन्नेहरु पनि पाइएको छ।

Deepa & Deepak

यसले गर्दापनि चाहेर पनि दीपाश्रीले विवाह गर्न चाहदिनन्। विवाह प्रति उनलाई एक प्रकारको डर भैसकेको छ। दीपकराज वाहेक अर्को पुरुष उनको जीवनको लागि विकल्प हुन कठिन नै छ। उनीहरु वीच यति धेरै गहिरो जोडीको संवन्ध भैसकेको छ। जसलाई छुटाउन चाहनेहरुलाई पनि गाह्रो हुने निश्चित जस्तो छ।

नेपाल टेलिभिजनको पर्दामा प्रसारित पाँच सय भाग लामो हाँस्य टेलिसिरियल तितो–सत्य दीपकराज गिरी तथा दीपाश्रीको करियरको नजिर बनिसकेको छ। यो सिरियलले निरन्तरता पाउने कुरामा कमै मात्र आशा गर्न सकिन्छ। यद्यपि, यो सिरियलले दुवैको जिन्दगीलाई उकास्ने कार्य भने गरेको छ। काठमाडौको थानकोटको स्थानिय दीपकराज गिरीले यसै सिरियलवाट आएको कमाईवाट काठमाडौ सिनामंगलमा आलिशानको बंगला बनाउन सफलता पाएका छन्।

Deepa & Deepak 1

त्यसैगरेर विराटनगरकी स्थानिय दीपाश्री निरौलाले पनि काठमाडौमा घर–घडेरी जोडिसकेकी छन्। यसर्थमा दुवै तितो–सत्यवाट मालामाल बनेका छन्। अव भने एककदम अगाडि बढ्ेर चलचित्र निर्माणको व्यवसायमा लागेका छन्। पहिलो र दोश्रो चलचित्र निर्माणवाट फाइदा नै फाइदाको बही खाता तयार गरिसकेका उनीहरुको तेश्रो चलचित्र छक्का–पन्जाले डेविट गर्छ या क्रेडिट गर्छ भन्ने कुरा भदौपछिको रिलिजवाट मात्र थाहा हुने भएको छ। जस्तोभएपनि दुवै वीचको जोडीमा भने चिसापन नआउने कुरामा दुवै विश्वस्त छन्।

प्रकाशन मिति–२०७३ साल जेठ ७ गते शुक्रबार ।