काठमाडौ। आफूभन्दा अत्यन्त प्यारो मान्छेको मोवाइलमा फोन आइरहेकै बेला कार ड्राइभ गर्दै गरेका प्रेमी सडक दूर्घटनामा पर्नुको दुःखदायी घटना शायद माया गर्नेहरुका लागि अत्यन्त नमिठो घटना नै हो। त्यसमाथि, सोही दूर्घटनाको कारण अपाङ बनेर व्हीलचेयर प्रयोगकर्ता बन्नुको त्यो पीडा प्रेमीको लागि साह्रै दुःखदायी पल तथा क्षण हो।

त्यो पल तथा क्षणलाई आफ्नो प्राणभन्दा प्यारी प्रेमिकावाट लुकाएर आफैमा हराउन खोज्ने त्यो अभागी प्रेमीको कथा हो–अमेरिकाको न्यूयोर्कमा छायाँकन भएको नयाँ नेपाली गीत कहिलेकाही फुर्सद मिल्दा संझिदिनु दैबले ठगेको मान्छे म तिमीलाई संझिरहन्छु बोलको गीतको हो।

यो गीतको कथाभित्र त्यो अभागी प्रेमीलाई व्हीलचेअरमा न्यूयोर्कको सामुद्रिक किनारमा प्रेमिकाले आफ्नो श्रीमान र बच्चाका साथमा देख्दा उनको मन कति भारी हुन्छ। त्यही भारी भएको मनको पीडाको यथार्थतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य गीतका भिडियो निर्देशक तथा सम्पादक ईश्वर थापाले मार्मिक तवरले बुनेर प्रस्तुत गरेका छन्।

जुन गीतको भिडियोमा अभागी प्रेमीको त्यो दर्दनाक भूमिकामा अभिनेता जन्ग्बू शेर्पा तथा थाहै नपाइकन अरुको बनेकी प्रेमिकाको भूमिकामा अभिनेत्री पार्वती राईले अभिनय गरेकी छन्। यी दुई पात्रको माझ अर्को पात्रका रुपमा अभिनेता कृष थापाको अभिनय रहेको छ।

गीतकार, संगीतकार तथा गायक राजेन्द्र राईको यो गीतको बोलजस्तै कथाले अझ मार्मिकता थप्न सफल भएको छ। गहिरिएर यो गीत हेर्नेहरुको मन भारी हुन सक्छ। असह्य पीडा हुन सक्छ। यस गीतको संगीत संंयोजन फणिन्द्र राईले गरेका हुन्। यस गीतको भिडियो ड्रिम्स गेट इन्टरटेन्टमेन्टबाट रिलिज भएको छ।

प्रस्तुत छ–यिनै कर्णप्रिय गीतको मार्मिक तथा यथार्थपरक गीतको भिडियो–

प्रकाशन मिति–२०७४ साल पुष २१ गते शुक्रबार ।