काठमाडौं। कहिलेकाही नसोचेको अनि कहीकतै नभएको अनौठो कार्यक्रम पनि नेपालमा नै हुनेगर्दछ। त्यो पनि काठमाडौंको रक्तकाली स्थित शुभश्री एजुकेशनको सभाहलमा। उदघोषण कला तालिमको समापन समारोहको प्रमाण–पत्र वितरण समारोहमा कोही अतिथि तथा प्रमुख अतिथिहरु थिएनन्। प्रशिक्षार्थीका आमा, बुबा र फुपूले प्रमाणपत्र वितरण गरेका थिए।

त्यति मात्र हैन, समापन समारोहमा कुनै उद्घोषक, सभाध्यक्ष र व्यानर पनि थिएन । तैपनि उक्त कार्यक्रम भव्य र आकर्षक बन्यो । कार्यक्रमम जम्मा  प्रशिक्षार्थीत्रयः इच्छा शाक्य, पाःमिला तुलाधर, साइरा श्रेष्ठ र इच्छाको बुबा रत्न बरसिं, पाःमिलाको आमा जमुना, बुबा पवन तथा फुपू रिता, साइराको आमा रेखा, आयोजक संस्था शुभश्री एडुकेशन हाउसका प्रवन्ध–निर्देशक राजेश्वरमान श्रेष्ठ, संयोजक रबिल श्रेष्ठ, संस्थाका कर्मचारी विनिता तामाङ र प्रशिक्षक निर्मल वज्राचार्य गरी जम्मा १२ जना मात्र उपस्थित थिए ।

कार्यक्रम आयोजना उद्घोषण तालिमको समापन समारोहको तर,त्यहाँका उद्घोषक, कार्यक्रम संयोजक, विद्यालयका सहायक प्रधानाध्यापक र सभाध्यक्ष (विद्यालयका प्रधानाध्यापक) ले कुरा गर्छन्, कुनै एक विद्यालयको रजत जयन्तीका बारे कुराकानी ! अझ कार्यक्रममा उपस्थित प्रमुखअतिथिले त नारी दिवसको उपलक्षमा नारीको महत्वका बारे चर्चा गर्न भ्याउँछन् । त्यति मात्र कहाँ हो र ? त्यहाँ आमन्त्रित अतिथिहरुले त कसैले वृद्धाश्रमको बारे कुरा गरे त कसैले नेपालीभाषाको संरक्षणबारे कुरा गरे ।

प्रायःकार्यक्रममा मञ्चमा आसिन केही व्यक्तिहरु र दर्शक दीर्घामा भएका केही व्यक्तिहरुले मात्र बोल्छन् भने यस कार्यक्रममा १२ जनाले नै बोल्ने मौका पाएका थिए । वास्तवमा उद्घोषकको भूमिकामा तीनै जना प्रशिक्षार्थी थिएभने साइराले कार्यक्रम संयोजक र अतिथि बनेर वृद्धाश्रमका बारे प्रस्तुति दिएकी थिइन्, इच्छाले सहायक प्रधानाध्यापक भएर धन्यवाद् ज्ञापन र अतिथिको भूमिकामा नेपाली भाषाको संरक्षणका वारे प्रस्तुतिदिएकाथिए। त्यस्तै पाःमिलाले प्रधानाध्यापक भएर सभाध्यक्ष र प्रमुखअतिथिको भूमिकामा नारीको महत्वका वारेमा प्रकाश पारेकी थिइन् ।

एसईई परीक्षा सकेर बसेका विद्यार्थीहरुलाई दिइएको १५ दिने उद्घोषण, नेतृत्व र वक्तृत्व कलामा आपूmले हासिल गरेका सीपलाई मात्र तीनजना प्रशिक्षार्थीले विभिन्न भूमिकामा प्रस्तुत गरेका थिए । यसप्रकारको कार्यक्रममा कुनै नेता वा लव्धप्रतिष्ठित व्यक्तिले प्रमाणपत्र वितरण गर्ने क्रमलाई भंगगर्दै साइरालाई आफ्नै आमा रेखाले, इच्छालाई आफ्नै बुबा रत्नले र पाःमिलालाई आफ्नै फुपू रिताले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशन मिति–२०८० साल जेठ २२ गते सोमवार ।