?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
Mr. Sher Bahadur Dewba with Mr. Ram Chandra Paudel. Leader of Nepali Congress

काठमाडौ। बर्तमान सत्ताको साझेदार नेपाली कांग्रेसको भागमा परेको १५ मन्त्री मध्येमा १३ जना मन्त्रीको टुंगो लगाउन लामो कसरत नै भयो। सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको जुंगाको लडाईको कारण ढिला भएको मन्त्री छनौट कार्य विहीवार अवेर लगभग तय भएको छ। १३ जना मन्त्रीहरुको नामावाली सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विहीवार नै बुझाएका छन्।

नयाँ मन्त्रीहरुको सपथ ग्रहण शुक्रबार विहान नौ बजे हुने भएको छ। कांग्रेसबाट शुक्रबार सहभागि हुने मन्त्रीहरुमा देउवाले ६, पौडेलले पाँच, नेता कृष्णप्रसाद सिटौलाले एक र अर्का नेता खुमबहादुर खड्काले एक गरी १३ मन्त्रीको सपथ खुवाउने छ। कांग्रेसमा मन्त्रालयको भागवण्डामा विवाद आएपनि प्रधानमन्त्री दाहालसँग सल्लाह गरेर कांग्रेसले १५ मन्त्रालय पाउने सहमति भएको छ। मधेसी मोर्चा तत्काल सरकारमा नआउने भएकाले कांग्रेसलाई १५ मन्त्रालय दिन माओवादी तयार भएको हो।

Gagan Thapa with Arjun Narshing KC

देउवाले परराष्ट्र मन्त्रीमा डा.प्रकाशसरण महतलाई पठाउने भएका छन्। त्यस्तै रक्षामा बालकृष्ण खाँड र शहरी विकासमा अर्जुननरसिह केसी मन्त्री हुने भएका छन्। पर्यटन मन्त्रालयको जिम्मेवारीमा जीवनबहादुर शाही जाने भएका छन्। सुर्यमान गुरुङ श्रम र केशवकुमार बुढाथोकी सामान्य प्रशासन मन्त्री हुने भएका छन् ।

पौडेलबाट दिपक गिरी सिचाई, ह्दयराम थानी गरिबी निवारण तथा सहकारी, नविन्द्रराज जोशी उद्योग, रोमी गौचन थकाली वाणिञ्य र सीतादेवी यादव शान्ति मन्त्री हुने भएका छन्। सिटौलाको सिफारीसमा युवा नेता गगन थापा स्वास्थ्य मन्त्री हुने भएका छन् भने खड्काको सिफारीसमा शंकर भण्डारी वन मन्त्री हुने भएका छन्। यसअघि कांग्रेसबाट उपप्रधान एवम् गृहमा बिलमेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातयात मन्त्रीमा रमेश लेखक गैसकेका छन्।

Nabindra Raj Joshiप्रकाशन मिति–२०७३ साल भदौ ९ गते विहीवार ।