Pradeep Paudel with Anjila Neupane marriageकाठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल विवाह बन्धनमा बाँधिएका छन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका पौडेल र रामेछाप निवासी एन्जिला न्यौपानेबीच बुधवार विवाह सम्पन्न भएको छ।

४१ वर्षीय पौडेल र २९ वर्षीया एन्जिलाबीच केही वर्षयता प्रेम सम्बन्ध रहँदै आएको थियो। एन्जिला पनि नेपाल बिद्यार्थी संघकी केन्द्रीय सदस्य तथा पद्म कन्या क्याम्पसकी पूर्व नेत्री हुन् ।
प्रकाशन मिति–२०७३ साल बैशाख १६ गते विहीवार ।