काठमाडौं। हरेक कुरामा पुरुष जतिकै महिला पनि सक्षम रहेको छ। नेपाली महिला पनि कुनैपनि हालतमा कही कतै कमजोर नभएको तथ्यलाई काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले खुलासा गरेकी छन्।

सक्षम महिलाको उदाहरणमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई औल्याउने कार्य उपमेयर श्रेष्ठवाट भएको छ। उपमेयर श्रेष्ठले राष्ट्रपति भण्डारी आम नेपाली महिला नै भएको र आफूजस्तै राजनीतिको माध्यमवाट राष्ट्रपतिजस्तो गरिमामय ओहदामा पुगेको गर्विलो तथ्यलाई उजागर गर्दै आफ्नो अवको लक्ष्य भनेको नेपालको राष्ट्रपति बन्नु हो भनेकी छन्।

भिजन संसार डटकमसंगको कुराकानीमा सपना देखेपछि अवश्य पूरा हुने जिकिर गर्दै उपमेयर श्रेष्ठले राष्ट्रपति बन्न पहिला त्यसको सपना त देख्नु आवश्यक भएको र आफूले त्यो सपना देखिसकेको जानकारी पनि उपमेयर श्रेष्ठले भनेकी छन्। आफू आम नेपाली महिलाहरुको लागि ऊर्जा बन्ने जानकारी दिदैं महिलाहरुको उत्थानको लागि काठमाडौं महानगरपालिकाले विविध कार्यक्रम ल्याएको र त्यसमा पनि गृहिणी महिलालाई घर–चुल्होवाट माथि उठाउनका लागि गृहिणी महिला कार्यक्रमलाई अगाडि सारिसकेको जानकारी पनि दिएकी छन्।

काठमाडौं महानगरका स्थानीय वासिन्दाको समस्यालाई मध्यनजर राखेर घर निर्माण सम्पन्न प्रमाण–पत्र दिने कार्य बर्षौ बर्ष देखि बन्द भैरहेको अवस्थामा आफ्नो पहलवाट खुलाएको खुलासा गरेकी छन्।

त्यसैगरेर, काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित बालुवाटार टुंडालदेवीमा सामुदायिक सेवा केन्द्र टुंडालदेवीव्दारा आयोजित जन समुदायलाई प्रहरी साझेदारी विषयक अन्तरक्रिया कार्यक्रममा रानीपोखरी पूर्नरनिर्माण कार्यमा काठमाडौं महानगरपालिकाले हात हालिसकेको अवस्थामा छिनेर राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणलाई दिनु गलत भएको दावी गरेकी छन्।

संघीय सरकारले स्थानीय सरकारको अधिकारलाई छिनेर त्यसरी कार्य गर्दैजाने हो भने, स्थानीय सरकार आवश्यक नभएको र खारेज गर्न पनि उपमेयर श्रेष्ठले सरकारलाई चुनौति दिएकी छन्। अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथी श्रेष्ठले १८ वर्षको लामो अन्तराल पछि स्थानीय तहले जन प्रतिनिधि पाएकाले बिस्तारै काठमाडौं महानगरले गति लिन थालेको बताउँदै धुलोमुक्त र ढलमुक्त काठमाडौ बनाउने आफनो लक्ष रहेको समेत बताएकी छन्।

यसैगरी कार्यक्रममा आफनो भनाई राख्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले २१ औं शताब्दीमा बरदानको रुपमा रहेको इन्टरनेटको सामाजिक संजालले हाल समाजले बिकृति ल्याएकाले यसलाई संयमित बनाउन अभिभावक र समाजले भुमिका खेल्नु पर्ने बताएका छन्।

 सो कार्यक्रममा सम्मानित व्यक्तित्व तथा नेपाल प्रहरीको लागु औषध ब्युरोमा कार्यरत रहेका प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले प्रहरी जनताका लागि भएको र प्रहरी र जनता मिलेरनै समाजको विकास हुने बताए। सोही कार्यक्रममा आफनो भनाई राख्दै काठमाडौं महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष मोहन बहादुर बिष्टले आफनो वडाले हाल वडाको विभिन्न स्थानमा रहेका सरकारी जग्गाको खोजी गर्दै ती जग्गामा पार्कहरुको निर्माण कार्य भइ रहेको जानकारी दिएका छन्।

अन्तरक्रिया कार्यक्रमका सभापति तथा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले समाजमा अपराध रोकथाम, सामाजिक विकृति एवं विसंगति विरुद्ध जनचेता फैलाउन , स्थानीय जन सहभागिताबाट सामुदायिक सुरक्षा अभिबृद्ध गर्न, टोलसमाज सुव्यवस्थित भए मात्रै देश सुरक्षित बन्ने हुदा बर्दि लगाएका प्रहरीले मात्रै सवै ठाउँ समाज सुरक्षित राख्न नसक्ने हुदा हामी जन समुदायले पनि आआफनो ठाँउबाट प्रहरीलाई सहयोग गर्नु पर्ने आग्रह गरेका छन्।

कार्यक्रममा उदघाटन पछि शुरु भएको अन्तक्रिया कार्यक्रममा वडाका विभिन्न टोलबाट आएका जन साधारणले आआफनो टोलमा रहेका समस्या बारे सम्बन्धित व्यक्तिहरुसंग आआफनो जिज्ञासा राखेका थिए।
प्रकाशन मिति–२०७६ साल जेठ ११ गते शनिवार ।