काठमाडौं। नेपालका कोरोना संक्रमितमध्ये १३ जना काठमाडौंका अस्पतालमा उपचाररत रहेका छन्। टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको सम्बन्धित अस्पतालका अधिकारीहरुले जनाएका छन्।

त्रिवि शिक्षण अस्पतालमा कपिलवस्तुकी ६ वर्षकी बालिका र अर्का एक व्यक्तिको उपचार भइरहेको त्यहाँका चिकित्सक डा.सन्तकुमार दासको भनाई रहेको छ। दाङ घर भएका ती व्यक्ति स्वास्थ्यकर्मी रहेको र शुक्रबार संक्रमण देखिएको थियो।

पछिल्लो समय काठमाडौंको चन्द्रागिरि नगरपालिका र भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित भेटिएका थिए।


प्रकाशन मिति–२०७७ साल जेठ ३ गते शनिवार ।